आज मितिः २०८३ आश्विन १२ गते

ब्रेकिङ न्यूज

इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं- सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।    
Read More
रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भवन बनाउन बजेट हाल्ने

रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भवन बनाउन बजेट हाल्ने

चितवन - नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेट हाल्ने बताएका छन् । सांसद हरि ढकाल सहित अस्पतालको निरीक्षणपछि आयोजित औपचारिक कार्यक्रममा मन्त्री यादवले स्थानीय सरकारले जग्गा उपलब्ध गराए अस्पतालको नयाँ भवन निर्माणको लागि बजेट पठाउने प्रतिबद्धता जनाए । उनले रत्ननगर अस्पतालको विकासको लागि रकमान्तर गरेर पूर्वाधार निर्माण र उपरकरण खरिदका लागि बजेट हाल्ने बताए । भवन अभावका कारण सेवा प्रभावित भएको पाए उनले भने स्थानीय सरकारले जग्गा उपलब्ध गराए, रकमान्तर गरेर बजेट पठाउछु । मन्त्री यादबले डाइलासिस मेसिन, एक्सरे मेसिन, डायलासिस मेसिन र मानसिक रोग विशेषज्ञ डाक्टर तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । यो…
Read More
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।   फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ ।   गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फाइल तस्बिर  
Read More
राप्ती नगरपालिकामा जनतासंग मेयर कार्यक्रमको रकम पत्रकार शिर्षकमा खर्च

राप्ती नगरपालिकामा जनतासंग मेयर कार्यक्रमको रकम पत्रकार शिर्षकमा खर्च

चितवन- चितवनको राप्ती नगरपालिकामा जनतासंग मेयर कार्यक्रममा समेत महालेखाले प्रश्न उठाएको छ । शीर्षक नै फरक पारेर रकम भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जनतासंग मेयर कार्यक्रमका लागि पालिकाले ३ वटा मिडियासंग दररेट लिई विशाल न्यूजसंग ४ लाख ९४ हजार रुपैयाँमा कार्यक्रमको सम्झौता गरेको छ । सेवा र परामर्श खर्च पत्रकारसंगको कार्यक्रम शिर्षकबाट सो रकम खर्च गरिएको छ । जनतासंग मेयर कार्यक्रम भनि यसरी भुक्तानी गर्न नपाइने बताइएको छ । कार्यक्रमको प्रस्तावना तथा सम्झौता अनुसार सम्पादित कार्यक्रमको अडियो, भिडियो स्थानिय मिडियाबाट ३५ देखि ५५ मिनेटको कार्यक्रम प्रशारण र छापाखानाबाट प्रकाशन र प्रसारण गरिने भनिएकोमा कार्यक्रम प्रकाशन तथा प्रशारण सम्बन्धमा…
Read More
युरोप पठाईदिन्छु भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ

युरोप पठाईदिन्छु भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारी तथा भिजिट भिसामा युरोप पठाइदिने भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका-१ का २५ वर्षीय टङ्कराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले…
Read More
मध्य र पश्चिम तराईमा अझै तीन दिन तातो लहर चल्ने

मध्य र पश्चिम तराईमा अझै तीन दिन तातो लहर चल्ने

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले अझ्रै तीन दिन देशका मध्य तथा पश्चिम तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ । यस भू(भागमा तातो हावा र तातो लहरको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ। तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने लक्षण देखिन्छन्। यस समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी…
Read More
आज वाग्मतीसहित तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज वाग्मतीसहित तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं- आज कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । जल तथ मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।   कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी…
Read More
बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

काठमाण्डौं-   पाल्पामा बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप जीतगढी झर्ने ओरालोमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।   घटनामा स्याङ्जा पुलतीबजार घर भइ बुटवल–१० बस्ने जीप चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा–३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए।   घटनामा बुटवल–९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल–११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गएराति ९…
Read More
भारत विश्वकपको सुपर ८ मा, अमेरिकालाई ७ विकेटले हरायो

भारत विश्वकपको सुपर ८ मा, अमेरिकालाई ७ विकेटले हरायो

काठमाडौं-     आईसीसी पुरुष टी–२० क्रिकेट खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुगेको छ । जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ ।   अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्यो। ओपनर विराट कोहलीलाई शून्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए। सुर्यकुमारले नटआउट ५० रन बनाए। दुवेले अविजित ३१ रनको योगदान दिए। ऋषभ पन्त १८ रन बनाएर आउट भए। पहिलो ओभर बलिङ गरेका अर्शदिप…
Read More
गर्मीका कारण चितवन कारागारका कैदीबन्दीमा विभिन्न रोगको समस्या

गर्मीका कारण चितवन कारागारका कैदीबन्दीमा विभिन्न रोगको समस्या

चितवन- गर्मीका कारण चितवन कारागारका कैदीबन्दीमा विभिन्न रोगको समस्या देखा परेको छ । कारागारका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको हो । कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ। उनले भने ‘अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ।’ साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए। कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ। उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए। अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.