आज मितिः २०८३ बैशाख २२ गते

ब्रेकिङ न्यूज

चितवनमा विजुलीको तार सर्ट भई आगलागी

चितवनमा विजुलीको तार सर्ट भई आगलागी

चैत ३ शनिबार चितवन- भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ । शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो ।   भरतपुर महानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा राति ८ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको उनले बताए । भौतिक क्षतिको थप विवरण आउन बाँकि छ ।  
Read More
युएई पुगेका १९ नेपालीको बिचल्ली

युएई पुगेका १९ नेपालीको बिचल्ली

चैत ३, शनिबार खोटाङ- जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए। एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौंमार्फत चार महिनाअघि युएई पुगेका हुन्। प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका राई दाजुभाइसहित १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्। कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही,…
Read More
दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

चैत ३, शनिबार काठमाण्डौ – सुन तस्करीको अभियोगमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल लगेको हो । गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेको उल्लेख छ । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भएकाले पहिला भैरहवा पठाइएको बुझिएको छ । गितेन्द्रबाबु ९जीबी० राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको…
Read More
मलेसियाले नेपाललाई ५–१ गोलले हरायो

मलेसियाले नेपाललाई ५–१ गोलले हरायो

चैत ३, शनिबार काठमाण्डौ – नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । मलेसियाको यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो । त्यस्तै पछिल्लो एक सय ५ मिनेटमा नेपाललाई ३ गोल हान्यो । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेल ३५/३५ मिनेटको चार खण्डमा भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलमा लागि मलेसियाबाट बहराइन जानेछ । घरेलु मैदानमा दशरथ रंगशाला हुनुपर्ने होम खेल रंगशाला अयोग्य भएपछि बहराइनमा नै हुनेछ । नेपालले पहिलो खेल यहि चैत ८ मा र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।
Read More
घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ

घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ

चैत ३, शनिबार काठमाण्डौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल…
Read More
क्रिकेटर लामिछानेविरुद्ध मुद्दाः सरकारी पक्षद्वार पुनरावेदन

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाः सरकारी पक्षद्वार पुनरावेदन

शुक्रबार २, चैत्र काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो । लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।- रासस
Read More
रामेछापको सिमन्तीमा आगलागी हुँदा १४ घर र १२ गोठ जले

रामेछापको सिमन्तीमा आगलागी हुँदा १४ घर र १२ गोठ जले

शुक्रबार २, चैत्र रामेछाप- रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन्। आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन्। जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए। घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ। अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको प्रमुख लवश्री न्यौपानेले जानकारी दिए। उनीहरूलाई…
Read More
श्रम मन्त्रालयमा विवादास्पद निर्णयहरू लागि  अध्ययन समिति गठन

श्रम मन्त्रालयमा विवादास्पद निर्णयहरू लागि अध्ययन समिति गठन

बिहीबार, १ चैत काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विवादास्पद निर्णयहरू लागि अध्ययन गर्न एक समिति गठन गरेका छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेका डोल प्रसाद अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीले गरेका विभिन्न निर्णयहरू उल्ट्याउन समिति गठन गरेका हुन् । उनले मन्त्रालयका प्रवक्ता सह–सचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् । उक्त समितिलार्ई २१ दिनभित्र विवादास्पद निर्णयहरुका विषयमा अध्ययन गर्न र प्रतिवेदन पेश गर्न भनिएको छ । भण्डारीले आफ्नो कार्यकालमा पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क बढाउने निर्णय गरेका थिए । उनले हाल कायम रहेको ७०० रुपैयाँबाट बढाएर दुई हजार ८०० रुपैयाँ पुर्याएका…
Read More
अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

चैत १, बिहिबार काठमाण्डौ – अमेरिकी तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ । तल्लो सदनबाट दुई तिहाई बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुनेरनहुनेमा शङ्का छ । यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय…
Read More
अन्तिम चरणमा पुगेको अस्पताल ‍छोडेर ठेकेदार सम्पर्कविहीन

अन्तिम चरणमा पुगेको अस्पताल ‍छोडेर ठेकेदार सम्पर्कविहीन

खोटाङ- जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ। २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो। संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए। ुम कार्यालय प्रमुखको रुपमा गत पुस ४ गते खोटाङको आएको हुँ। म आउनुभन्दा अगाडिबाटै अस्पताल भवन निर्माणको काम रोकिएको रहेछ। भुक्तानी नभएर हो वा अन्य कुनै कारणले हो। गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूर्ण काम ठप्प छु, उनले भने, ुनिर्माणाधीन अस्पतालको पक्की भवन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.