आज मितिः २०८३ आश्विन ११ गते

ब्रेकिङ न्यूज

कृषि मन्त्रालयको गेटमा पुनः कर्मचारीको धर्ना

कृषि मन्त्रालयको गेटमा पुनः कर्मचारीको धर्ना

काठमाडौं-   कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। धेरै दिनसम्म पनि माग पूरा नभएको भन्दै उनीहरुले पुनः आन्दोलन शुरु गरेका हुन्। कृषि तथा पशुपंक्षी विकासमन्त्रीको रुपमा मन्त्रालय सम्हालेका रामनाथ अधिकारीले समस्या समाधानको लागि केही समय दिन माग गरेपछि कर्मचारीले आन्दोलन स्थगित गरेका थिए। कर्मचारीहरु समायोजनपछि बढुवा नभएको भन्दै उनीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना बसेका छन्। संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरुको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने र कृषि सेवाको कृषि तर्फका समूहको हकमा…
Read More
फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

काठमाण्डौं- सुनको मूल्य फेरि बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी बिहीबार एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।  
Read More
गोरखामा पहिरोबाट एकै परिवारका ३ सहित ५ जना बेपत्ता

गोरखामा पहिरोबाट एकै परिवारका ३ सहित ५ जना बेपत्ता

गोरखा — गोरखाको धार्चे–५ गुम्दामा पहिरो खस्दा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका छन् । आइतबार बिहान २ बजेतिर स्थित रेसेफाँटमा पहिरोले घर बगाउँदा जितबहादुरको परिवारका ३ सहित ५ जना बेपत्ता भएका हुन् । ३७ वर्षीय जितबहादुर, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्र्याक्टर चालक २४ वर्षीय रमेश परियार पहिरोमा बेपत्ता भएका हुन् ।   सोही गाउँको रेसे खोलामा वाटर इनर्जी प्रालिले जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जितबहादुरको घरको माथिल्लो तलामा रहेका हाइड्रोपावरका ७र८ कामदारले भने भागेर ज्यान जोगाएका छन् । जितबहादुरका एक छोरा र एक छोरी अध्ययनका लागि…
Read More
एक वर्षमा करीब १७ अर्ब बिजुलीबाट आम्दानी

एक वर्षमा करीब १७ अर्ब बिजुलीबाट आम्दानी

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रूपैयाँ आम्दानी गरेको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि(एनभिभिएन)लाई बिक्री गरिरहेको छ। एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ। प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाख रूपैयाँको विद्युत् आयात गरेको जनाएको छ। सुक्खायाममा खोला तथा नदीहरुमा पानीको…
Read More
आज र भोली सोमबारसम्म वर्षाको सम्भावना

आज र भोली सोमबारसम्म वर्षाको सम्भावना

काठमाण्डौं- आज आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै राती देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र मधेश प्रदेशका एक/दुई स्थानमा भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम…
Read More
देशभर देखियो हैजा, सरसफाइमा विशेष ध्यान दिऔं

देशभर देखियो हैजा, सरसफाइमा विशेष ध्यान दिऔं

काठमाडौं- स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी०ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।” हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी…
Read More
विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

काठमाडौं-   सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शव परीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् । शुक्रबार पाँचजना र शनिबार १२ जनाले शव बुझेका हुन् । साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो । सोही दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका छन्। दुर्घटनामा…
Read More
चितवनको कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा

चितवनको कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषणा

चितवन - चितवनको कालिका नगरपालिकालाई १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकालाई १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बिच कालिका नगरपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना नगर घोषणा भएको हो । खोप समन्वय समितका संयोजक तथा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गरे । नगर प्रमुख रेग्मीले…
Read More
समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुलाबी’ कात्तिक ९ बाट देशभर

समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुलाबी’ कात्तिक ९ बाट देशभर

निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी चलचित्र गुलाबी कात्तिक ९ (अक्टोबर २५) बाट देशभर रिलिज हुने भएको छ। भर्सटायल अभिनेता नाजिर हुसेनले यस चलचित्रको चरित्र निर्माणका लागि निकै संघर्ष गरेका छन् । त्यस्तै चलचित्रको चरित्र निर्माणका लागि भट्टले पनि चलचित्रलाई उति नै मिहिनेत गरेकी छिन्। निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘नीलहिरा समाज’ र ‘मितिनी नेपाल’सँग पनि परामर्श गरेकी थिइन्। धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेको बताइन्। अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दी स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर…
Read More
५ हजार घुस दिने सांसद महतोलाई उजुरी

५ हजार घुस दिने सांसद महतोलाई उजुरी

काठमाडौँ -   पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको भन्दै कारबाही गर्न माग गरिएको हो । नेपाली नागरिक रहबर अन्सारीको नामबाट परेको उजुरीमा, ‘आफू स्वयंले आफ्नो पदको मर्यादा नराखी भ्रष्टाचारजन्य कसुर गर्नु भएको छ । सरकारलाई समर्थन दिनुभएको र सरकारले नै भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.