उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यासको कोटा बढाउन भारतसँग आग्रह
काठमाण्डौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले साउन महिनामा उच्च माग भएकाले ग्यासको कोटा बढाउन भारतसँग आग्रह गर्नु भएको छ ।पूरा सिलिन्डर बिक्री गर्न सुरु गरे लगतै बजारमा ठुलो मात्रामा एकै पटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकै पटक माग बढ्दा अभाव भएको बताउनुभएको हो । बढ्दो माग र आपूर्तिबिच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको उहाँले बताउनु भयो । हाल ५८ ग्यास उद्योगको भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको पनि उहाँले बताउनुभयो…