काठमाडौं-
नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज मलेसियासँग खेल्दै छ।
बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुने यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ। त्यस्तै मलेसियाले पनि आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ।
त्यस्तै, नेपाल रहेको समुह ए मा नेपाल र मलेसियासहित हङकङले पनि आफ्नो पहिलो खेल जितेको छ। त्यस्तै साउदी अरेबियाले आफ्ना दुवै खेल गुमाएको छ भने बहराइनले पहिलो खेलमा हार बेहोरेको छ।
नेपालले यसखेलपछि तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ। यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।