काठमाण्डौ –
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज पहिलो एकदिवसीय अभ्यास खेल्दैछ ।
नेपाल क्रिकेट संघ ‘क्यान’ले नेपाल ‘ए’ का लागि तीनवटा अभ्यास खेलको तालिका सार्वजनिक तालिकाअनुसार, नेपाल ‘ए’ टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।
आउँदो शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अन्तिम खेल आउँदो आइतबार न्युजिल्यान्ड ‘ए’ सँग हुनेछ ।
टि–२० श्रृंखलामा नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो । त्यस्तै भिक्टोरिया एकेडेमी, नर्दन टेरिटोरी स्टाइक, बङ्गलादेश हाइ प्रफर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित थियो ।
टी–२० को अनुभवपछि अब टोली एकदिवसीय फम्र्याटमा अभ्यास खेल खेल्न लागेको हो ।