आज मितिः २०८३ भाद्र १८ गते

पूर्व उर्जामन्त्री घिसिङ र प्रधानमन्त्री शाहविच भेट

काठमाण्डौ –

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व उर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू राख्नु भयो ।wwwwwww

भेटका क्रममा घिसिङले अहिले विपद्को सङ्कट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृतरूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मकरूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाहअनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.