चितवन –
चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको समन्वय तथा चितवन समाज जापानका पूर्व अध्यक्ष राजन कुमार श्रेष्ठको पहलमा चितवन भरतपुर महानगरपालिका वार्ड नं-१७,नारायण चोक घर भई हाल जापान टोक्यो निवासी व्यवसायी,समाजसेवी श्री बिष्णु प्रसाद कंडेलका पिता निमकान्त कंडेल र माता ईन्द्रकली कंडेलको करीव रु.४ लाख आर्थिक सहयोगमा भरतपुर महानगरपालिका वार्ड नं-१,देवघाटधाम स्थित श्री सीताराम संस्कृत माध्यमिक विद्यालयको हाता भित्र निर्माण सम्पन्न भएको छात्रा शौचालय भवन सस्थाले आज एक औपचारिक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरेको छ ।
सस्थाका अध्यक्ष लाल बहादुर भट्टको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड न-१ का वार्ड अध्यक्ष श्री केशव महर्जन ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो थियो,त्यसैगरी बिशेष अतिथिको रूपमा विद्यालयका प्रधानाध्यापक मिलन घिमिरे,सह-प्रधानाध्यापक अर्जुन पाण्डे, विद्यालय व्यबस्थापन समिति अध्यक्ष यमुना पौडेल,शिक्षक अभिभावक संघकि अध्यक्ष सावित्री टण्डन,देवघाट टोल विकाश सस्थाका अध्यक्ष मुकुन्द सिग्देल, आर्थिक सहयोग दाता भरतपुर-१७ निवासी निमकान्त कडेल,इन्द्रकली कंडेल ,टीकाराम कंडेल सस्थाको तर्फ़ बाट सचिव अर्जुन अधिकारी, कार्यसमिति सदस्य लीला पौडेल,काशीराम कंडेल संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी सल्लाहकार हरु विदुर के.सी.डमर राना,यम थापा,प्रभा शर्मा,सीता ढकाल विधालयका गुरु वर्ग,शिक्षक शिक्षिका तथा विद्यार्थी भाई बहिनी हरूको उल्लेखनिय उपस्थित रहेको थियो ।
सस्थाका सचिव अर्जुन अधिकारीले संचालन गर्नू भएको उक्त कार्यक्रम प्रमुख अतिथि भरतपुर महानगरपालिका वार्ड न-१ का वार्ड अध्यक्ष श्री केशव महर्जन र आर्थिक सहयोग दाता निमकान्त कंडेल र ईन्द्रकली कंडेल ज्यू ले संयुक्तरूपमा शीलालेखको अनावरण गर्दै रिबन काटेर नव निर्मित छात्रा शौचालय भवनको सुरुवात गर्नू भएको थियो। विद्यालयका सह-प्रधानाध्यापक अर्जुन पाण्डेले स्वागत मन्तव्य राखनूभएको कार्यक्रममा विधालयका प्रधानाध्यापक मिलन घिमिरेले बिद्यालयका स्थापना काल र हालका गतिविधि हरूमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बिद्यालयको तर्फ़ बाट आर्थिक सहयोग दाता निमकान्त कंडेल,ईन्द्रकली कंडेल एवं चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपाल लाई सम्मान स्वरूप प्रमुख अतिथि,विधालयका प्रधानाध्यापक तथा विधालयका व्यवस्थापन समितिको हात बाट सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सस्थाका कार्यसमिति सदस्य एवं समाजसेवी काशीराम कंडेलको आर्थिक सहयोगमा बिधार्थी भाई-बहिनीहरू लाई केहि शैक्षिक सामाग्री हरू पनी वितरण गरिएको थियो भने आयोजक सस्था चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको तर्फ बाट विधालय लाई फोहोर व्यबस्थापन को लागी चार थान डसबिन बाकेट पनी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वार्ड न-१ का वार्ड अध्यक्ष श्री केशव महर्जनले आफनो वड़ाको तर्फ़ बाट मन्तव्य राखदै आर्थिक सहयोगी दाता एवं चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपाल लाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष लाल बहादुर भट्टले आफ़नो मन्तव्य राखदै आर्थिक सहयोगी दाता ,समन्वय कर्ता तथा कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नू भएको थियो । कार्यक्रममा उपस्थित अथिति तथा बिद्यार्थी भाई बहिनीहरूको लागी आयोजक सस्था चितवन सेवा समाजले चिया-पानको व्यबस्था पनी गरेको थियो।