आज मितिः २०८३ बैशाख २१ गते

ब्रेकिङ न्यूज

जन्मदिनमा चितवनको साहाराको घरलाई सहयोग

जन्मदिनमा चितवनको साहाराको घरलाई सहयोग

चितवन- आप्mनो जन्मदिनको उपलक्ष्यामा रत्ननगरका एक युवाले साहाराको घरमा सहयोग गरेका छन् । रत्ननगर दोवाटोका युवा व्यवसायी तथा समाजसेवी सन्तोष लामाले त्यहाँ रहेका बालिकाहरुको लागि स्टेशनरी सामाग्रीको लागि आर्थिक रकम सहयोग गरेका हुन् । जन्मदिनको उपलक्ष्यमा साहाराको घरकी संञ्चालक कुसुम साहारा र अध्ययनरत बालिकाहरुले संयूक्त रुपमा जन्मदिनको आसिर्बाद दिए । उनिहरुले लामाको जन्मदिनको उपलक्ष्यमा दियोमा बत्ति बालेर खादा लगाई आसिर्बाद दिएका हुन् । संञ्चालक कुसुमले पछिल्लो समय देशमा खड्कि रहेको आर्थिक समस्याले साहाराको घरलाई पनि प्रतक्ष्य असर परेका बताईन् । उनले यसरी नै पूण्य कामको लागि सहयोग गर्नुहुनेहरुले साहाराको घरलाई केहि टेवा पुगेको जानकारी दिईन् । आफ्नो जन्मदिनको अवसरमा साहाराको…
Read More
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाण्डौ – नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया, बुल्गेरिया, न्युजिल्यान्ड, सर्बिया, क्रोएशियालगायतका देशमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी धादिङको धुनीबेसी नगरपालिका–४ घर भएका रमेश बयलकोटी र कालीकोट घर भएका दर्शन नेपालीलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पठाउने भनी चार सय २२ जनालाई ठगी गर्ने गिरोहमा संलग्नहरू पक्राउ परेका बताउनुभयो । उनीहरूले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म खर्च लाग्ने बताउने गरेको र शुरुमा ५० हजारदेखि तीन लाख रुपैयाँ…
Read More
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य यथावत

काठमाण्डौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाउको छ ।   त्यस्तै, हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।    
Read More
भीषण आगो लाग्दा दुई सय घर जले

भीषण आगो लाग्दा दुई सय घर जले

सप्तरी- सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ। आगलागीबाट करिब दुई सय घर जलेर नष्ट भएको छ। गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ। वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो। उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित दुई सय घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको बताए। आगो निभाउने प्रयास भइरहेको छ। यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन्।  
Read More
आलमलाई नियन्त्रणमा लिन प्रहरीले चलायो दुई राउन्ड गोली

आलमलाई नियन्त्रणमा लिन प्रहरीले चलायो दुई राउन्ड गोली

काठमाण्डौं- झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ। सोमबार साँझ झापा गाउँपालिका-३ कामाटोलीमा प्रहरीले गोली चलाएर झापा गाउँपालिका(४ का २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दका अनुसार सोमबार साँझ कामाटोलीस्थित अक्कल बहादुर विश्वकर्माको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचनापश्चात जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त टोली सो घरमा पुगेको थियो। अकस्मात प्रहरी देखेपछि आलमले खुकुरी र दाउ निकालेर प्रहरीमाथि आक्रमण प्रयास गरेको डिएसपी चन्दले जानकारी दिए। त्यसपछि प्रहरीले प्रतिरक्षा स्वरूप दुई राउन्ड गोली चलाएको थियो। प्रहरीले चलाएको गोली आलमको बाँया खुट्टाको तिघ्रा र…
Read More
कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।   कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको अनुमान छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा…
Read More
तराईका भू-भागमा अझै तापक्रम बढ्ने

तराईका भू-भागमा अझै तापक्रम बढ्ने

काठमाडौं- देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ। लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन्। आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ। ुतातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,ु विभागले भनेको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका…
Read More
उपनिर्वाचनको दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

उपनिर्वाचनको दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौं-   यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्बाङ भए। भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्। प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका…
Read More
राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हरायो

राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हराउँदै अङ्क दुरी बढाएको छ । गएराति भएको खेलमा राजस्थानले लखनउलाई सात विकेटले हरायो । लखनउले दिएको एक सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानका कप्तान सञ्जु स्यामसन ७१ रन बनाउँदै अविजित रहे । त्यसअघि लखनऊमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । लखनऊका कप्तान केएल राहुलले ७६ रन बनाए । जितपछि राजस्थान नौ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लखनऊ नौ खेलमा १०…
Read More
कतारमा नेपाली कामदार तलब नपाएपछि अलपत्र, एनआरएनए कतारको सहयोग

कतारमा नेपाली कामदार तलब नपाएपछि अलपत्र, एनआरएनए कतारको सहयोग

काठमाडौं- कतारमा ६ सय बढी नेपाली कामदार अलपत्र परेका छन् । कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन् ।   उनीहरू समस्यामा परेको जानकारी पाएपछि गैरआवासीय संघ एनआरएनए कतारले सुरुमा केही खाद्यान्न सामग्री उपलब्ध गराएको थियो, ‘सुरुमा हामी आफै गएर खाद्यान्न बाँड्यौं,’ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले भने, ‘त्यसपछि कतारको मिनिस्ट्री अफ लेवर डिपार्टमेन्टमा फलो गर्यौं अनि ह्युमन राइट्समा केस दर्ता गर्यौं, त्यति मात्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.