पत्रकार महासंघको केन्द्रीय समिति अध्यक्षमा निर्मला शर्मा विजयी
काठमाडौं( नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्। महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार राति सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे। उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा…