आज मितिः २०८१ माघ ४ गते

तेस्रो रत्न प्रिय कप महिला फुटबलमा स्पाेट क्लव सेमिफाईनलमा

चितवन  –

रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (मंगलवार) भएको खेलमा पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको छ ।

संकटा फुटबल क्लब (काठमाडाैँ) लाई २-१ गोल अन्तरले पराजित गर्दै पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको हो । मंगलवारको खेलमा हार बेहोरे संगै संकटा फुटबल क्लब (काठमाडाैँ) तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताबाट बाहिरीएको छ भने पदमा स्पाेट क्लव (ओखलढुङ्गा) सेमिफाईनलमा प्रवेश गरेको छ । आजकाे बिजेता पदमा स्पाेट क्लव ओखलढुङ्गा) ले सेमिफाईनलमा बागमती युथ क्लव (सर्लाही) संग भिड्नेछ ।

पदमा स्पाेट क्लव (ओखलढुङ्गा) का तर्फबाट जर्सि नं.९ की सुष्मा तामाङ म्यान अफ दी म्याच घोषित भईन् उनले नगद रू २ हजार रुपैँया प्राप्त गरिन् । उनलाई वडा नं. ६ का वडा अध्यक्ष किरण चाैधरी, वडा नं. १६ का वडा अध्यक्ष हेमराज थापा, मृगकुञ्ज उपभाेक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, बाघमारा बनका अध्यक्ष जीत वहादुर तामाङ, समाजसेवी दिपक गाैतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।

भाेली (बुधवार) आयाेजक रत्न प्रिय क्लब र बागमती युथ क्ल (सर्लाही) बिच दिउँसाे २:३० बजे खेल हुनेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.