आज मितिः २०८३ असार ३ गते

रवि भट्ट

1057 Posts
दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबई- नेपालीहरुले दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण गर्ने गरेको उदाहरण प्रसस्तै भेटिन्छन् । नेपालका थुप्रै मेनपावरहरु त्यस्ता कम्पनिसंग मिलेर नेपाली युवा युवतीहरुलाई दुबई उतारेर श्रम शोषण गरेको पाईएको हो । यस्तै एउटा उदाहरण हो दुबईस्थित अमरबहादुर हस्पिटालिटी सर्भिसेज। यस कम्पनिले नेपाली चेलिबेटी माग गर्ने, माग गरेबमोजिमका नेपाली महिला दुबई पुगेपछि श्रम सम्झौताअनुसारको काममा नलगाउने, सम्झौतामा भएअनुसारको तलव पनि नदिने र त्यसविरुद्ध आवाज उठाउनेमाथि कुटपिट गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजले गरेको पाईएको हो। यस सर्भिसेजले त्यहाँ कामदार सप्लायर्सको काम गर्दै आएको छ । अमरबहादुर हस्पिटालिटी सर्भिसेजको अमानवीय व्यवहारमा परेकी एक युवती अहिले दुबईमा कार्यरत सामाजिक संस्था ‘मिस्टर गुरुङ एन्ड टिम’…
Read More
प्रवासी नेपाली श्रमिकहरुको मताधिकारको मौलिक हक सुनिश्चित गर- पूर्ब राजदूत मीश्र

प्रवासी नेपाली श्रमिकहरुको मताधिकारको मौलिक हक सुनिश्चित गर- पूर्ब राजदूत मीश्र

नेपाल प्राकृतिक श्रोतसाधनले सम्पन्न संसारको एक सुन्दर मुलुक हो। यस मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचार ब्याप्त रहेकाले युवाहरुको लागि रोजगारीका पर्याप्त अवसरहरू सृजना हुन सकेनन्। मुलुकमा रोजगारीको अवसर उपलब्ध नभएकोले अधिकांश कम शिक्षित, अदक्ष, अर्धदक्ष, कडा परिश्रमी, स्वाभिमानी र सोझासाझा बेरोजगार युवाहरु आ(आफ्ना बृद्ध आमाबाबु, नवविवाहिता दुलही र नावालक बच्चाहरूलाई घरमा छारी विदेशिन बाध्य भए। पछिल्लो तथ्यांक अनुसार, भारत बाहेकका मुलुकहरूमा करिव चालीस लाख भन्दा बढी नेपाली युवाहरु कार्यरत छन्। स्वदेशमा अत्यधिक करारोपन र भ्रष्टाचार ब्याप्त रहनुका साथ(साथै सरकारी बिद्यालय र अस्पतालहररुमा सेवा प्रवाहको अवस्था अत्यन्त दयनिय रहेकोले उनीहरुको विप्रेषणको अधिकाशं भाग आश्रितहरुको दैनिक उपभोगका सामानहरू, शिक्षा, स्वास्थ्योपचार…
Read More
मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

काठमाण्डौं- दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी मलेसिया एअरपोर्टमा ढलेका र त्यहि मृत्यु भएको खुलेको छ । चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा सम्पर्क गर्दै थिए । ‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका ९रुपालाल० को म्यासेज आउन छोड्यो ।’ सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए ।     मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी…
Read More
एनआरएनए मलेसियाको पछिल्लो १ वर्षका लागि अध्यक्षमा राकेश महतो

एनआरएनए मलेसियाको पछिल्लो १ वर्षका लागि अध्यक्षमा राकेश महतो

क्वालालम्पुर-   गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद्मा पछिल्लो एक बर्षको लागि अध्यक्षमा राकेश प्रसाद महतोले पदबहाली गरेका छन् । गत बर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा अघिल्लो १ वर्षको लागि विनोद थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमति अनुसार उनि पद बहाली भएका हुन् । संघले गरेको सहमतिअनुसार थापाले राजिनामा दिएपछि बाँकी १ बर्षका लागि कार्यसमितिले महतोलाई अध्यक्षमा चयन गरेको हो । एसिया प्यासिफिक संयोजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षमा चयन गरेको हो । एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईले महतोलाई शपथ ग्रहण गराएका हुन् । नवनियुक्त…
Read More
प्रोफेसर मोहम्मद रमजान अली मियाँको पुस्तक ‘नमाज’ काठमाण्डौंमा विमोचन, भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पनि थाप्दै

प्रोफेसर मोहम्मद रमजान अली मियाँको पुस्तक ‘नमाज’ काठमाण्डौंमा विमोचन, भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पनि थाप्दै

काठमाडौं - प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’ राजधानी काठमाण्डौंमा विमोचित भएको छ । गत मङगलबार एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले ‘नमाज’पुस्तकको लोर्कापण गरेका हुन । मियाँको पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले पुस्तक मुस्लिम धर्मावलम्बीहरुका लागि धेरै नै उपयोगी रहेको बताए । मुस्लिम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन । कार्यक्रममा एनआरएनए अभियन्ता आरके शर्माले लेखक मियाँले कतारमा रहेर कतारको कानुन सम्वन्धी पुस्तक लेखिसकेको र उनमा लेखकीय क्षमता धेरै रहेको बताए । कतारमा रहेर कतार र नेपालको सम्वन्ध विस्तार तथा कतारमा रहेका नेपाली…
Read More
आज ऋषिपञ्चमी, देशभर नदी किनारमा स्नान गर्ने महिलाको भीड

आज ऋषिपञ्चमी, देशभर नदी किनारमा स्नान गर्ने महिलाको भीड

काठमाडौं- आज ऋषिपञ्चमीका अवसरमा राजधानीकादेखि विभिन्न नदी किनारमा स्नान गर्ने महिलाको भीड लाग्ने गर्दछ । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ। आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा महिलाले स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ। तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्न भीड लागेको छ। गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले आज ऋषिपञ्चमीका अवसरमा स्नान गरिरहेका छन्। महिलाले आज बिहानै उठेर नजिकको…
Read More
आइतबारसम्म देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

आइतबारसम्म देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौ- आज शनिबार दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै भोलि आइतबार दिउँसो…
Read More

शिशुलाई जन्म दिएर दुबईको अस्पतालबाट फरार नेपाली महिलालाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबई - संयुक्त अरब इमिरेट्सको दुबईमा शिशुलाई जन्म दिएर एक नेपाली महिला अस्पतालबाट फरार भएकी छन् । उनलाई नभाग्न र सम्पर्कमा आउन नेपाली राजदुतावासले आग्रह गरेको छ । दूतावासले कानूनी रुपमा पछि यस्तो प्रवृत्तिले आमालाई थप समस्या आउने भएकोले दूतावासमा सम्पर्कमा आउन आग्रह गरेको हो । दुबईको लतिफा अस्पतालमा अगस्त १६ मा इमरजेन्सी कक्षमा भर्ना भएकी ललितपुरकी २८ वर्षीया रेनुका पहारीले जन्म दिएको छोरीलाई अस्पतालमै छोडेर भागेकि हुन । यो घट्ना अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ । रेनुका १६ अगस्तमा अस्पताल आएकी र इमरजे न्सीमा भर्ना भई सोही दिन छोरीलाई जन्म दिइ ३ दिनपछि अस्पतालबाट फरार…
Read More
रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने 

रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने 

रत्ननगर - पूर्वी चितवनकाे रत्ननगरमा यही भदाै २१ गते तीजकाे दिन प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने भएकाे छ । रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को सह-आयोजनामा सेभ सुपरमार्केटको प्राङ्गणमा "शेभ अर्पण तीज उत्सब २०८१ हुने भएकाे हाे । आयाेजकले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरि तीज उत्सवकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे हाे । सुरुवाती चरणमा तीज गीत प्रतियोगितामा मात्र सिमित रहेकाे कार्यक्रमलाई परिमार्जन गरि पछिल्ला  वर्षहरुमा तीज उत्सबको नाममा सञ्चालन हुदै आएको छ। कार्यक्रम संयाेजक यमन भूषालले प्रतियोगितामा मात्रै सिमित रहेको कार्यक्रमलाई समयसँगै परिमार्जन गरि प्रतियोगिता सँगै विभिन्न राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुतीको…
Read More
सार्वजनिक बिदा भन्दै सूचना सम्प्रेषण गर्ने चितवन का एक युवक पक्राउ

सार्वजनिक बिदा भन्दै सूचना सम्प्रेषण गर्ने चितवन का एक युवक पक्राउ

चितवन- आज सार्वजनिक बिदा भन्दै गलत सूचना सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। आज भदौ १९ गते सार्वजनिक बिदा भन्दै गृह मन्त्रालयको नक्कली लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो। पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको थियो। गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो। साइबर ब्यूरोसँग समन्वय गरेर थप छानबिन र पुष्टि गर्ने काम चितवन प्रहरीले गरिरहेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.