आज मितिः २०८३ असार ३ गते

रवि भट्ट

1058 Posts
देशभर मनसुनी वायुको प्रभाव , बुधबारसम्म बर्षा

देशभर मनसुनी वायुको प्रभाव , बुधबारसम्म बर्षा

काठमाडौ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश,…
Read More
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारद्वारा सामुदायिक प्रहरी बिभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारद्वारा सामुदायिक प्रहरी बिभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट

दोहा- गैर आवासीय नेपाली संघ कतारको एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी बिभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा उपाध्यक्ष कृष्ण पन्थी तथा कानुनी सल्लाहकार मोहम्मद रमजान अली मियाँले बिभाग प्रमुख लगायत अन्य उच्चाधिकारीहरु संघ भेटघाट गरेको हो । उक्त भेटघाटमा कतारमा रहेका नेपाली तथा आम श्रमिक वर्गको सुरक्षा बारे छलफल भएको थियो। छलफलमा विशेष गरि नेपाली समुदाय बिच प्रभावकारी सचेतनाका विभिन्न कार्यक्रम आयोजना गर्ने र उनिहरु माझ गृहमन्त्रालय द्वारा सम्प्रेषण गरिने सुचना तथा निर्देशनहरु आम श्रमिक माझ पुर्याउन कम्युनिटी पुलिस र गैरआवासीय…
Read More
दक्ष कामदारलाई युएईमा राम्रो अवसर छ- सुरेश कुमार उराँव

दक्ष कामदारलाई युएईमा राम्रो अवसर छ- सुरेश कुमार उराँव

रोजगारीको गन्तव्य बनेको खाडी मुलुक मध्ये युएई अग्रपङ्तीमा पर्दछ । रोजगारीको सिलसिलामा नेपाली युवायुवतीको रोजाइ परेको मुलुक पनि हो युएई । यहाँ धेरै काम अनि कमाउने अवसर रहेको बताउनुहुन्छ मेडिकल क्षेत्रमा काम गर्दै आउनु भएका कोशी २ सुनसरीका सुरेश कुमार उराँव । दस प्लस दुईको अध्ययनपछि एचए गर्नु भए लगत्तै भारतको बैङ्लौरबाट उहाँले ब्याच्लर अफ मेडिकल इमेजिन टेक्नोलोजी ९बिएमआइटी० मा डिग्री गर्नु भयो । त्यस लगत्तै करिब ४ बर्ष विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा काम गर्नु भएका उराँवले आफ्नो योग्यता अनुसारको तलब नभए पछि विदेशको सोच बनाउनु भएको बताउनु भयो ।एक बर्ष पहिले सन् २०२३ मा दुबई भिजिटमा प्रबेश…
Read More
लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु

लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु

म्याग्दी- सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ। उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो। क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ। कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए। “म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ”, उनले भने, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको…
Read More
जन्मदिन मनाउदै, सम्मान थाप्दै नेपालकी पहिलो महिला रेसलर युनिका युएईमा

जन्मदिन मनाउदै, सम्मान थाप्दै नेपालकी पहिलो महिला रेसलर युनिका युएईमा

युएइ- नेपालको पहिलो महिला रेसलर युनिका अथवा भगवती खड्का आफ्नो जन्मदिन मनाउन युएई आएकी छन् । यहि समयमा युएईमा रहेका सामाजिक संघसंगठनको सम्मानमा उनी ब्यस्त रहेकी छन् । बिश्वकै उच्च स्थान सोलुखुम्बुको कालापत्थरमा रेस्लिङ खेलेर विश्व किर्तिमान गिनिज बुकमा रेकर्ड राख्न सफल युनिका वा भगवती खड्का युएईमा रहेका विभिन्न राजनीति तथा सामाजिक संघसस्थाको सम्मानमा दौडधुप गर्दै फाउन्डेसनलाई परिचित गराउदै छिन् । सम्मान , सेल्फी र अन्तरबार्ताको दौडानमा यूनीकाको समय युएईका विभिन्न शहरहरुमा रेस्लिङको बारेमा पनि अध्ययन गरेको बताइन् । नेपाल रेस्लिङ फाउन्डेसनको संस्थापक अध्यक्ष समेत रहेकी युनिकाले ५० भन्दा बढी गीत रेकर्ड गराएकी छिन् भने उनले ६४ वटा नेपाली चलचित्र…
Read More
दुबईमा पिडित निर्मलाले उद्धारको लागि मिस्टर गुरुङ एन्ड टिमलाइ अनुरोध

दुबईमा पिडित निर्मलाले उद्धारको लागि मिस्टर गुरुङ एन्ड टिमलाइ अनुरोध

दुबई - दुबईमा नेपालीले नै पिडित बनाएको भन्दै एक नेपाली महिला उद्धार गरिदिन भन्दै मिस्टर गुरुङ एन्ड टिममा पुगेकी छन् । क्लिनिङ सुपरभाइजरमा आएकी केरावारी मोरङकी निर्मला तामाङ नेपाली बाट नै कुटपिट भए पछि टिममा उद्धारको लागि पुगेकी हुन् । उनलाइ घरमा काम गर्ने भनी शिशिर शाहले दुबई उतारेको उनले बताइन् । शिशिरकी श्रीमती सिबानि शर्माले काम गर्ने क्रममा कुटपिट गर्ने, थुक्ने गरेको पिडित निर्मलाले दु:ख पोखिन । आफू साथीसङ्ग बरदुबइ पुगेर फर्कने क्रममा केही ढिलो भएकोले कुटपिट गरेको जानकारी दिइन् । पाँच महिना सम्म काम गरेकी निर्मलाले ५०० दिराम तलब भने पनि एक दिराम नपाएको दुखेसो पोखिन । बिचमा…
Read More
झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

दुबई - दुबईमा कन्सल्टेन्सी खोलेर काम गर्दै आएका दुई दिदिबहिनीले मिडियामा झुठो आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको बताएका छन । कपिलवस्तु घर भइ हाल दुबईमा एकुना ह्युमेन रिसोर्सेज कन्सलटेन्सी खोलेर बसेका मनिषा पुन र आशा पुनले बदनाम गर्न खोजिएको बताएका हुन । खाडी तथा नेपालबाट युरोप मुलुक पठाउदै आएका उनीहरुको कम्पनिबाट नेपालका चार युवाहरूको पनि प्रमिट पेपर आइसकेको र अक्टोबरमा काम पूरा हुने र नभएमा रकम फिर्ता गर्ने भनेको तर उनिहरुले एक्कासि नेपालमा मिडियावाजी गरेको बताइन । भर्खरै संचालनमा आएको कन्सल्टेन्सिले दर्जन बढि महिला तथा पुरुष पठाइसकेको र कुनै असुबिधा झेल्न नपरेको उनिहरुले जानकारी दिए । हामिले कुनै फेक काम…
Read More
बन्जारा बन्जाडे‌ समाज चितवनको तेस्रो अधिवेशनबाट रमेश प्रसाद बन्जाराको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन

बन्जारा बन्जाडे‌ समाज चितवनको तेस्रो अधिवेशनबाट रमेश प्रसाद बन्जाराको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन

चितवन - बन्जारा बन्जाडे‌ समाज नेपाल जिल्ला कार्यसमिति चितवनको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। आज शनिबार चितवनको कालिका नगरपालिका वडा नम्बर ५ मा रहेको भिमवली पार्कमा कार्यक्रम सम्पन्न भएको हो। तेस्रो अधिवेशनबाट आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिमा ७ सदस्य र ४ जना मनोनित सदस्य गरी ११ जनाको कार्यसमिति गठन गरिएको छ। सनिवार सम्पन्न अधिवेशबाट अध्यक्षमा रमेश प्रसाद बन्जारा, उपाध्यक्षमा सरिता बन्जारा, सचिवमा बेनी प्रसाद बन्जारा, कोषाध्यक्षमा नवराज बन्जारा सदस्यहरुमा इन्दिरा बन्जारा, केशव बन्जारा र लोकनाथ बन्जारा चयन भएका हुन्। मनोनीत सदस्यहरुमा विमला बन्जारा, अमृता बन्जारा, आशिष बन्जारा र अर्जुन बन्जारा…
Read More
६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्ड पब्लिक स्कुलले कालिका नगरपालिका १० मा रहेको सिद्धी चेपाङ्ग छात्रावासका रहेको ६५ जना बालबालिकालाई स्टेसनरी , हेल्थकिट र खाद्यन्न सामान प्रदान गरि सहयोग गरेको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलका प्रधानाध्यापक इन्दिरा पन्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि ग्रीनल्याण्ड पब्लिक स्कुलका सह प्राचार्य उपेन्द्र आचार्य ,अतिथिमा  सिद्धि चेपाङ छात्रावासका संचालक भरत चेपाङ्ग , सामाजिक अभियान्ता ज्ञानेन्द्र राज पाण्डे ,ग्रीनल्याण्ड इको क्लबका संयोजक मनोज खड्का,शिक्षक कृष्ण कार्की,तह प्रमुख सुनिता रेग्मी,शिक्षक दिलिप चालिसे सहित स्कुलका २५ जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक इन्दिरा पन्त कार्कीले सिद्धी चेपाङ छात्राबासका संचालक भरत चेपाङ्गले पढ्न नपाएका चेपाङ्गका…
Read More
दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

काठमाडौं - दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो । प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी पनि समावेश भएको शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक केदार नाथ बास्ताकोटीले जानकारी दिए । तारकेश्वर ८ स्थित टुसाल मल्टी भेन्युमा बिहान ७ बजेदेखि हुने प्रतियोगितमा विभिन्न ५० विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । एकल र सामूहिक÷संगीतमय (रिदमिक) समूहमा रहेर अन्तर्राष्ट्रिय सिलेबस अनुसार योगसानको प्रतिस्पर्धा हुने आयोजकले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.