मनसुन लागेसँगै देशै भरि फैलियो डेंगु सङ्क्रमण
काठमाडौं- मनसुन लागेसँगै डेंगु सङ्क्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म वा असार–भदौ सम्मलाई डेंगु सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ। काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन्। ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगुलाई शून्यमा नै ल्याउने र डेंगु…