रास्वपा नेतृत्वमा हेरफेर, कुलमान घिसिङ आउने, बालेनको पूर्ण समर्थन
काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ९बालेन० को सहमतिपछि छलफल तीव्र भएको पार्टीका एक नेताले जानकारी दिए । उनका अनुसार हाल रवि, बालेन र घिसिङसँग चरणबद्ध छलफल भएको छ । बालेनसँगको छलफलमा पार्टीको नाम र चुनाव चिह्न ९रास्वपा र घण्टी० पुरानै रहने सहमति जुटिसकेको छ । त्यस्तै सभापतिबारे भने सबैलाई मान्य हुने पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएरै उनीसँग समेत बुधबार लामो छलफल भएको स्रोतको दाबी छ ।…