आज मितिः २०८३ कार्तिक २१ गते

रवि भट्ट

1378 Posts
बन्छु म समुन्द्र – कविता

बन्छु म समुन्द्र – कविता

कविता -   बन्छु म समुन्द्र   आहा ! स्वच्छ गगनको क्षितिजमा सूर्योदयको निस्वार्थ आगमन गर्दै छु स्वागत नियाल्दै छु यो शान्त समुन्द्रको अपार गहिंराई !   उन्माद छन शरिरका यि शिरा र धमनीहरू हर्षोल्लासका झण्डा फहराई !   फिँजाई केशका लहरा प्रफूल्ल मन , स्वर्गको आभाष शितलताको अनुभूति मन्द हावाको वेगमा स्पर्ष गर्दै लठ्ठिएछु म यतै कतै माझ !   टक्क उभिएर किनारमा हुन्छु एकाग्र जव भुल्छु विगतका तिता पलहरू सबैसबै र एउटा सार्थक उज्यालो भविष्यको कामना संगसंगै जिउन एथार्थमा खोज्दै छु म सिँगो आँट !   अनन्त अमर ईतिहासको बोकेर परिचय दिघो दृढ ,शाहस अठोट आत्मा सम्मान स्वालम्बी…
Read More
आज बेलुकासम्म प्राय सबै प्रदेशमा हल्का वर्षा 

आज बेलुकासम्म प्राय सबै प्रदेशमा हल्का वर्षा 

काठमाडौँ - आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी र मधेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।       आज कोशी, बागमती गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।      
Read More
रत्ननगरमा फाइदा परियोजना अन्तर्गत वित्तीय साक्षरता तालिम 

रत्ननगरमा फाइदा परियोजना अन्तर्गत वित्तीय साक्षरता तालिम 

रत्ननगर - फाइदा परियोजना अन्तर्गत वित्तीय साक्षरता तालिम रत्ननगरको सिद्धिविनायकमा सम्पन्न भएको छ । फाइदा परियोजना चार वर्षको अवधि र अपाङ्गताहरुलाई लक्षित गरी कार्यक्रम गर्दै आएको परियोजनाका शंकर गैरेले जानकारी दिनुभयो। फाइदा परियोजनाका अन्तर्गत वित्तीय  साक्षरता तालिम रुद्र पन्तको अग्रसरतामा सम्पन्न भएको हो । स्वावलम्बन समूह मार्फत अपाङ्गताहरुको सहयोग रहेको र यस अन्तर्गत विभिन्न कृषि, अन्य तालिमहरुको लागि सहयोग गरिने फाइदा परियोजनाका शंकर गैरेले बताउनु भयो । कार्यक्रममा स्थानीय व्यवसायी, कृषक, पत्रकारहरुको उपस्थिति रहेको थियो ।  
Read More
चितवनको टिकौली जङ्गलमा बस दुर्घटना हुदाँ ३३ जना घाइते

चितवनको टिकौली जङ्गलमा बस दुर्घटना हुदाँ ३३ जना घाइते

चितवन- गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ। घाइते सबैको अवस्था सामान्य छ। दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ।
Read More
साँझदेखि मौसममा सुधार हुने महाशाखाको जानकारी

साँझदेखि मौसममा सुधार हुने महाशाखाको जानकारी

काठमाडौं- न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ। यसैगरी,…
Read More
काठमाडौंका मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडौंका मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडौं- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन्। दुवै निकायको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार बिहीबार जारी गरिएको अत्यन्त जरुरी सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४५ र ९७ का प्रावधान उल्लेख गर्दै यस्ता संरचना कानुन विपरीत रहेको जनाइएको छ। सूचनामा भनिएको छ, “भवनजन्य संरचना निर्माण गर्दा ऐनको परिच्छेद ७ र दफा ४५ विपरीत कार्य नगर्नु पर्ने र सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले सात ९७० दिनभित्र यस्ता संरचना स्वेच्छाले हटाई सहयोग गर्न…
Read More
१२ राउण्ड गोलीसहित दुई जना पक्राउ

१२ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ तथा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी घर भई काठमाडौं महानगरपालिका–१६ एलेक्स नेपाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनले भने, 'काठमाडौंको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाइ सर्वसाधारणमा आतङ्क सिर्जना गरेको भन्ने विशेष सूचनाको आधारमा हाम्रो टोलीले काठमाडौं ढल्कूबाट पक्राउ गरेको हो।' पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोडेल ५४ कल ७.६२–२५ एमएम ५०००००९८ पोलि टेक्नोलोजीज इंक…
Read More
सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्छ – प्रधानमन्त्री कार्की

सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्छ – प्रधानमन्त्री कार्की

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान, ,, हुनुपर्ने बताएकी हुन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन्।     प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भनिन्, 'सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ।' निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राखेकी हुन्।   छलफलमा सहभागी जेनजी समूहका…
Read More
आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना

आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना

काठमाडौं - पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ।     यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।   साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ। तसर्थ, सम्भावित हिमपात/वर्षाको…
Read More
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्

  चितवन- पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ। चितवनबाट हेटौँडा जाँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.