रत्ननगर –
फाइदा परियोजना अन्तर्गत वित्तीय साक्षरता तालिम रत्ननगरको सिद्धिविनायकमा सम्पन्न भएको छ ।
फाइदा परियोजना चार वर्षको अवधि र अपाङ्गताहरुलाई लक्षित गरी कार्यक्रम गर्दै आएको परियोजनाका शंकर गैरेले जानकारी दिनुभयो। फाइदा परियोजनाका अन्तर्गत वित्तीय साक्षरता तालिम रुद्र पन्तको अग्रसरतामा सम्पन्न भएको हो ।
स्वावलम्बन समूह मार्फत अपाङ्गताहरुको सहयोग रहेको र यस अन्तर्गत विभिन्न कृषि, अन्य तालिमहरुको लागि सहयोग गरिने फाइदा परियोजनाका शंकर गैरेले बताउनु भयो ।
कार्यक्रममा स्थानीय व्यवसायी, कृषक, पत्रकारहरुको उपस्थिति रहेको थियो ।