असिनापानी र हुरीले बैतडीमा घरको छाना उडायो
बैतडी- हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ। छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। टेकेन्द्रको टाउकोमा चोट लागेको छ। उनका अनुसार सिँगास-५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ। पाटन नगरपालिका-८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ। उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको…