आज मितिः २०८३ कार्तिक १५ गते

रवि भट्ट

1364 Posts
रोनाल्डो एक महिनाको निलम्बनमा

रोनाल्डो एक महिनाको निलम्बनमा

काठमाडौं- पोर्चुगल फुटबल महासङ्घले कप्तान क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको शिविर छाडेको घटनामा ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गर्ने निर्णय गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना डेनमार्कमा भएको अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रिय टोलीको शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा बेन्चमै बसेका उनलाई डेनमार्कविरुद्ध अक्टोबर १ मा हुने खेलमा पनि सुरुआती टोलीमा नराखिने जानकारी दिइएपछि उनले शिविर छाडेका थिए। रोनाल्डोले प्रशिक्षक जर्ज जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै विश्वासको गम्भीर उल्लङ्घन भएको बताएका थिए। उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सजाय भोग्न तयार रहेको पनि बताएका थिए। पोर्चुगल फुटबल महासङ्घको अनुशासन समितिले रोनाल्डोको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेलकुदमा हासिल…
Read More
बडादसैंको आज महानवमी पर्व मनाइँदै

बडादसैंको आज महानवमी पर्व मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा…
Read More
हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको हनुमान ढोकामा पूजा आजा गरिने जनाएको छ । पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख छ । दशैँ घर वा पूजा कोठामा हिजो गरिएको महाअष्टमीको कर्म आज पनि दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो । असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा गएराति नै गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा,…
Read More
विजया दशमी तथा स्व। कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा ब्याडमिन्टन प्रतियोगिताको उपाधि गुरुङ र मगरलाई

विजया दशमी तथा स्व। कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा ब्याडमिन्टन प्रतियोगिताको उपाधि गुरुङ र मगरलाई

कालिका- विजया दशमी २०८३को अवसर तथा स्वर्गीय कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा पाख्रिन टोल विकास संस्था, कालिका नगरपालिका–६ द्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिातामा नन्दु गुरुङ र शेर बहादुर पुलामीले प्रथम स्थान हासिल गर्न सफल भए।उनीहरुले नगद २० हजार रुपैयाँ,शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । द्वितीय स्थानमा रामहरि केसी र समर गुरुङले नगद रु १५ हजार र शिल्ड मेडल र प्रमाणपत्र हात पारे।त्यस्तै तृतीय भएका सन्तोष गोले, सन्देश पन्त तथा सम्बत बस्नेत र भैरव बगालेले नगद रु पाँच हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट खेलाडि शेर बहादुर पुलामी ठहरिए ।प्रतियगितामा आदित्य जंग रायमाझीले रेफ्रीको भूमिका…
Read More
रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण

रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण

रामु आचार्य।रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ को आयोजनामा विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत्‌को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाले पछिल्लो साढे चार वर्षमा गरेका विकास निर्माण तथा अन्य गतिविधि समेटिएको वृत्तचित्र प्रसारण गर्नुका साथै बाल क्लब तथा विद्यालयलाई खेलकुद सामग्री वितरण र वडाको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। हेल्प सोसाइटी, जमुनापुरमा आयोजित कार्यक्रममा रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले अध्यक्षता गर्नुभएको थियो। फरक क्षमता भएका तथा सामाजिक कार्य र शिक्षाको क्षेत्रमा सक्रिय स्थानीय बासिन्दा रुद्रप्रसाद पन्त प्रमुख अतिथि रहनुभएको कार्यक्रममा साविक वडा नम्बर ११ का संस्थापक वडाध्यक्ष तथा रत्ननगर–१२ का निवर्तमान…
Read More
ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोक अरनिको राजमार्गमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्। शनिबार बिहान करिब ५स्३० बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले बिहान ६ बजे बालक जुवासलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न ग्यास बुलेट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ग्यास…
Read More
आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ - आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।दोस्रो दिन सोमबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन हिजो स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो…
Read More
काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा दशैं मनाउयात्रुहरुको भीड

काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा दशैं मनाउयात्रुहरुको भीड

काठमाडौं- दसैं सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ। कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छछन् ।
Read More
गायिका रीता थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

गायिका रीता थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ- लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनले २ हजार ३०८ मत ल्याउँदै खुला महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । कांग्रेसको केन्द्रीय सदस्यमा विजय भएपछि सामाजिक सञ्जालमा खुसी सेयर गर्दै साथ र सहयोग गर्नेहरूप्रति उनले आभार व्यक्त गरेकी छन् ।
Read More
आज कुष्माण्डा देवीको पूजाआराधना गरिंदै

आज कुष्माण्डा देवीको पूजाआराधना गरिंदै

काठमाडौं- नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ। नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो।दोस्रो दिन पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो। चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदैछ। नवदुर्गामध्येकी चौथी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो। कुष्माण्डाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.