रत्ननगरमा पुर्ण विशेषज्ञ सेवा सहित पोलिक्लिनिक सन्चालनमा
रवि रोषी- रत्ननगरमा पुर्ण विशेषज्ञ सेवा सहितको पोलिक्लिनिक सन्चालनमा आएको छ । एपोलो मल्टी स्पेशियालिटी पोलिक्लिनिक नामले सन्चालित उक्त पोलिक्लिनिक चितवनको रत्ननगर टाँडी बजारको मुटु नेपाल बैंक लिमिटेड टाँडी शाखाको नजिकै पोलिक्लिनिक सन्चालनमा ल्याएर बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले खोलिएको छ । उक्त पोलिक्लिनिकमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.शंकर लौडारी र डा. मणि प्रसाद गौतम, नेपालकै पहिलो इन्डोक्राइनोलोजिष्ट तथा वरिष्ठ थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशी, वरिष्ठ मृगौलारोग विशेषज्ञ डा। प्रशान्त ओझा, वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. सुदिपमान बैध्य, डा। सुरज विडारी र रविन्द्र अधिकारी, वरिष्ठ सर्जन डा. अभिषेक रेग्मी, नाक, कान, घाँटीका वरिष्ठ चिकित्सक डा.…