आज मितिः २०८३ कार्तिक १८ गते

रवि भट्ट

1372 Posts
हनामी दोस्रो इन्टर स्कुल फुटबल कप मंसिर १७ देखि

हनामी दोस्रो इन्टर स्कुल फुटबल कप मंसिर १७ देखि

चितवन । बिद्यालय स्तरीय फुटबल ‘‘दोश्रो हनामी ईन्टर स्कुल फुटबल प्रतियोगिता २०८१’’ मंगसिर १७ गते देखि भरतपुरमा हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा मा २० संस्थागत बिद्यालयका कक्षा १० सम्मको ९/९ खेलाडी छात्र बीच खेलाईनेछ । प्रथम हुनेले नगद २५,००० सिल्ड , मेडल , प्रमाणपत्र पाउनेछ भने द्वितीय हुनेले नगद १५००० सिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको र फुटबल खेल विकासको निमित्त ग्रास रुट देखिनै समय र लगानी लगाउन पर्ने खेल संयोजक ध्रुव भुषालले बताए । पहिलो संस्करणको उपाधि वाल्मिकी स्कुलले जितेको थियो भने प्रतियोगिताको मुख्य प्रयोजन हनामी ले…
Read More
चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीको सहयोग

चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीको सहयोग

कालिका-   रोटरी क्लव अफ रत्ननगरले चेपाङ विद्यार्थीहरुलाई शैक्षिक तथा न्यानो कपडा सहयोग गरेको छ । कालिका नगरपालिका वडा नं ९ मा अबस्थित राष्ट्रिय आधारभूत विद्यालय लटौलीमा अध्यायनरत ११० जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित जाडोमा लगाउने न्यानो तथा लत्ता कपडा वितरण गरेको हो ।   लत्ताकपडा भने रोटरी क्लव अफ अष्ट्रेलीयले प्रदान गरेको हो । चेपाङ विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, ईलेजर, जाडोको न्यानो कपडा, विद्यार्थीहरुलाई ब्ल्याङकेट प्रदान गरिएको रोटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकोटा घिमिरेले जानकारी दिइन् । रोटरी क्लबले बालबालिकाका अभिभावकहरुलाई समेत सहयोग गरेको छ । चेपाङ समुदायका २० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई ब्याल्यकेट, हाईजेनिक सेनिटरी…
Read More
रत्ननगर तेस्रो मेयर कपमा कालिकालाई १-० गोलले पराजित गर्दै राप्ती सेमिफाइनलमा

रत्ननगर तेस्रो मेयर कपमा कालिकालाई १-० गोलले पराजित गर्दै राप्ती सेमिफाइनलमा

रत्ननगर- पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा कालिका नगरपालिकालाई १-० गोल अन्तरले पराजित गरि राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा राप्तीका निसान तामाङ म्यान अफ दी म्याच घोषित भएका छन् । भोली मंगलबार भरतपुर महानगर र हेटौडा उपमहानगर बीच दोस्रो क्वाटर फाइनल खेल हुनेछ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले…
Read More
उम्लिएको पानीमा परेर दुई वर्षीय बालिकाको मृत्यु

उम्लिएको पानीमा परेर दुई वर्षीय बालिकाको मृत्यु

चितवन- चितवनको राप्ती नगरपालिका–१ रानिबासमा उम्लिएको पानीमा परेर दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।   आइतवार बिहान ७ बजेको समयमा स्थानीय प्रकाश घलानको दुई वर्ष चार महिनाकी छोरी प्रिती घलान बाख्राको लागि भनेर उमालिएको पानीमा परेकी थिइन् । उम्लिएको पानीमा परेर घाइते भएकी प्रितीलाई उपचारको लागि आइतवार बिहान ११ः२० बजे भरतपुर अस्पताल ल्याइएको थियो ।   प्रितीको उपचारको क्रममा आइतवार बिहान ११ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  
Read More
सुनको मूल्यमा दैनिक तलमाथि फेरी घट्यो

सुनको मूल्यमा दैनिक तलमाथि फेरी घट्यो

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको हो ।   ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।   यद्यपि अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको थियो । चाँदीको भाउ पनि तोलामा ९५…
Read More
स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु

स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु

चितवन- चितवनमा स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ः ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।   शनिबार कालिका-४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा अपरान्ह कालिका-९ मा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो । घाइते मध्ये छ जनाको अझै उपचार भइरहेको छ भने अन्य घाइतेहरु डिस्चार्जपछि घर फर्किएका छन् । स्कुलको आफ्नै…
Read More
नौ किलोमा ट्रक खस्यो, ३ जनाको मृत्यु

नौ किलोमा ट्रक खस्यो, ३ जनाको मृत्यु

चितवन- नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना ६ स्थित नौ किलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको हो। चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका-३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो।
Read More
तराई र उपत्यकामा बढ्यो वायु प्रदूषण

तराई र उपत्यकामा बढ्यो वायु प्रदूषण

काठमाडौँ- तराई क्षेत्रलगायत उपत्यकामा वायु प्रदूषण बढेको छ। प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ। हिउँद याम लागेपछि क्रमश:  वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो। विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो। विभागका अनुसार वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन्। वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि एक सय…
Read More
सरकारलाई काम गर्नुभन्दा पनि कसरी सरकार ढल्दैन भन्ने चिन्ता – महासचिव विप्लव

सरकारलाई काम गर्नुभन्दा पनि कसरी सरकार ढल्दैन भन्ने चिन्ता – महासचिव विप्लव

काठमाडाँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारलाई काम गर्नुभन्दा पनि कसरी सरकार ढल्दैन भन्ने चिन्ता रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्नुभन्दा बढी सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता रहेको उनले बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले प्रधानमन्त्री ओलीको काम भनेकै जम्माजम्मी सरकार ढल्दैन भन्दै हिँड्ने रहेको बताए। ुप्रचण्ड कमरेडलाई पनि प्रधानमन्त्री हुँदा दिनदिनै सरकार ढल्दैन है भन्दै भाषण गर्नुपर्ने बाध्यता थियो। आजकाल केपीजी हुनुभएको छ। केपीजीको पनि कामै के छ भने जम्माजम्मी यो सरकार ढल्दैन भन्नेमात्रै हो,ु विप्लवले भने। हरेक वर्ष सरकार फेरिँदा जनतामा चर्को असन्तुष्टी रहेको महासचिव विप्लवले…
Read More
आज काठमाडौंमा र्याली सहित नेकपाको जनसभा

आज काठमाडौंमा र्याली सहित नेकपाको जनसभा

काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनसभाको आयोजना गर्दैछ । पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाले र्यालीसहित जनसभाको आयोजना गर्ने भएको हो । आज शनिबार दिउँसो सो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सुनधाराबाट र्याली रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने जनाइएको छ । उक्त सभालाई १ बजे विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.