आज मितिः २०८३ बैशाख ६ गते

सरकारलाई काम गर्नुभन्दा पनि कसरी सरकार ढल्दैन भन्ने चिन्ता – महासचिव विप्लव

काठमाडाँ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारलाई काम गर्नुभन्दा पनि कसरी सरकार ढल्दैन भन्ने चिन्ता रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्नुभन्दा बढी सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता रहेको उनले बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले प्रधानमन्त्री ओलीको काम भनेकै जम्माजम्मी सरकार ढल्दैन भन्दै हिँड्ने रहेको बताए।

ुप्रचण्ड कमरेडलाई पनि प्रधानमन्त्री हुँदा दिनदिनै सरकार ढल्दैन है भन्दै भाषण गर्नुपर्ने बाध्यता थियो। आजकाल केपीजी हुनुभएको छ। केपीजीको पनि कामै के छ भने जम्माजम्मी यो सरकार ढल्दैन भन्नेमात्रै हो,ु विप्लवले भने।

हरेक वर्ष सरकार फेरिँदा जनतामा चर्को असन्तुष्टी रहेको महासचिव विप्लवले बताए। ‘हरेक वर्ष सरकार फेरिने । यो सरकार पनि के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौं। सरकारले कहिले काम गर्ने होरु,ु उनले भने।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.