आज मितिः २०८३ असार ३ गते

रवि भट्ट

1057 Posts
म्याग्दीमा दाइले गरे बहिनीको हत्या

म्याग्दीमा दाइले गरे बहिनीको हत्या

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ। डाँडागाउँको गलकोटमा आइतबार राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको छ। घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ। मृतकको टाउकोमा चोट लागेको छ। नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
आज जनैपूर्णिमा मठमन्दिरमा भक्तजनको भीड

आज जनैपूर्णिमा मठमन्दिरमा भक्तजनको भीड

काठमाडौं-   प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा  पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र  डोरो बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको…
Read More
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग बन्द

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग बन्द

बागलुङ -   भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ मा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।   लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ । रासस
Read More
साफ च्याम्पियनसिप फुटबल खेलमा आज नेपाल र श्रीलङ्का भिड्दै

साफ च्याम्पियनसिप फुटबल खेलमा आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौ- दक्षिण एसियाली खेलमा २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।   नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरेका छन् । २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ ।   प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिता सन् २०१५…
Read More
भ्याली स्टेट कलेजले बिएचसीएम र एमबिए कार्यक्रम सञ्चालन गर्ने

भ्याली स्टेट कलेजले बिएचसीएम र एमबिए कार्यक्रम सञ्चालन गर्ने

चितवन   पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त भ्याली स्टेट कलेजले बिबिएको अलावा बिएचसीएम र एमबिए कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। विगत १२ वर्षदेखि बि।बि।ए कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको भ्याली स्टेट कलेजले यसै वर्षदेखि चितवनमा नै पहिलोपटक ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट को अध्यापन सुरु गर्न लागेको हो। कलेजका प्राचार्य बाबुराम खनालको अनुसार बि।एच।सी।एमअध्ययन पश्चात्विद्यार्थीहरूले अस्पतालको व्यवस्थापन,स्वास्थ्य एवं संघ-संस्थाहरूको व्यवस्थापन लगायतका जिम्मेवारी अत्यन्तैकुशलतापूर्वक गर्न सक्ने र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्नेछन्। त्यसैगरी भ्याली स्टेट कलेजले विश्वमै प्रतिष्ठित एम।बि।ए९ःद्यब्०कार्यक्रमलाई पनि एक्काइसौँशताब्दीको मागअनुसार शैक्षिक संस्था र उद्योग व्यवसायलाई जोडेर अत्यन्तै व्यवहारिक तथा प्रयोगात्मक तरिकाले सञ्चालन गर्ने एम।बि।ए कार्यक्रम निर्देशक सुजन कार्कीले…
Read More
सोमबार रातिसम्म मध्यम वर्षाको सम्भावना

सोमबार रातिसम्म मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आईतबार दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।…
Read More
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं-   नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो। आज एकै दिन सुन तोलामा ३ हजार बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो। पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा प्रभाव परेको विश्लेषकहरुको भनाइ छ। यसले गर्दा विश्व बजारमै सुनको माग बढिरहेको अनुमान छ। यस्तै,…
Read More
सरकारले महिला भलिबल टिमलाई जनही तीन लाख पुरस्कार दिने निर्णय

सरकारले महिला भलिबल टिमलाई जनही तीन लाख पुरस्कार दिने निर्णय

काठमाडौं- सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो।  
Read More
सोलुखुम्बुको थामेमा भीषण बाढी, एक होटल र दुई घर बगायो

सोलुखुम्बुको थामेमा भीषण बाढी, एक होटल र दुई घर बगायो

काठमाण्डौं-   सोलुखुम्बुको थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढीले क्षति पुर्‍याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन्। उनले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताइन्। प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टासीलाप्चा आधार शिविरमा…
Read More
वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

काठमाडौं- वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० मध्ये १३ वटा वाणिज्य बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका छन्। चार वटाले स्थिर राखेका छन् भने दुई वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको छ। सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ। यो बैंकले साउनमा मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ। यस्तै, प्रभु बैंकले ०.९० प्रतिशत विन्दु, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। ब्याजदर बढाउनेमा हिमालयन र प्राइम कमर्सियल बैंक छन्। साउनको तुलनामा भदौका लागि यी दुवै बैंकले ०.२५ प्रतिशत विन्दुले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.