आज मितिः २०८३ बैशाख ६ गते

उद्दार अनलाईन

564 Posts
शनिबार बेलुकासम्म बाढीपहिरोमा ८ जनाको मृत्यु, ५ जना बेपत्ता

शनिबार बेलुकासम्म बाढीपहिरोमा ८ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं-   शनिबार बेलुका ९ बजेसम्म मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं, काभ्रे तथा स्याड्जामा उनीहरुको मृत्यु भएको हो। पहिरोमा ५ जना बेपत्ता छन्। कतिपय स्थानमा वर्षा नरोकिएकाले जनधनको क्षति अझै हुन सक्ने प्रहरीको अनुमान छ। मौसम विज्ञान विभागले सोमबारसम्म वर्षा हुने अनुमान गरेको छ। काभ्रेको रोशी गाउॅपालिका( ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी( ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका उनीहरुको शव ९००…
Read More
पत्रकार महासंघको निर्वाचन स्थगित

पत्रकार महासंघको निर्वाचन स्थगित

काठमाण्डौं-   पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो। महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै आज हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको हो। सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ।    
Read More
देशभर मनसुनी वायुको प्रभाव, भइरहेछ वर्षा

देशभर मनसुनी वायुको प्रभाव, भइरहेछ वर्षा

काठमाडौ‌-   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। यसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना…
Read More
रारा तालमा डुबेर युवकको मृत्यु

रारा तालमा डुबेर युवकको मृत्यु

मुगु -   रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीसँग घर फर्कने क्रममा उहाँसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उहाँका काका नरेन्द्र रावलले जानकारी दिए । घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी…
Read More
आइतबारसम्म देशभर हल्कादेखि भारी वर्षाको सम्भावना

आइतबारसम्म देशभर हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आईतबारसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। विहिबार मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ। सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने…
Read More
फैलियो डेंगु संक्रमण

फैलियो डेंगु संक्रमण

काठमाडौं- दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको छ। हाल डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए। मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ। सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगु देखिएको छ। झापामा एक सय २० र चितवनमा ८३ जनामा…
Read More
अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपा महामन्त्री ढकाल निलम्बित

अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपा महामन्त्री ढकाल निलम्बित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा। मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।   महामन्त्री ढकालमाथि लिनुपर्ने कारवाही तथा असहज परिस्थितिको निराकरणका लागि आकस्मिक रुपमा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटालाई आमन्त्रण गरेर परामर्श गरिएको झाले बताए। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७  क र ९ख तथा धारा ५६९१० तथा…
Read More
एमालेका सबै मन्त्रीले दिए राजीनामा

एमालेका सबै मन्त्रीले दिए राजीनामा

काठमाडौं- नेकपा (एमाले)बाट सरकारमा सहभागी ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनीहरुले राजीनामा दिएका हुन्। एमाले अध्यक्षसहित मन्त्रीहरुले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा र समर्थन फिर्ताको पत्र बुझाएका हुन्। एमालेबाट प्रचण्ड सरकारमा रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा र भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छन्। यसैगरी राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री छन्। एमालेको समर्थन फिर्तासँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ। गत…
Read More
आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक९दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा…
Read More
क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

चितवन ।क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा सम्मानित भएका छन् । लामिछानेलाई आज (मंगलबार) विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो । भरतपुर महानगरपालिकाले पनि लामिछानेलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसै गरि लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले पनि नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आज दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टी २० अन्तराष्ट्रियमा एक सय विकेट लिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.