आज मितिः २०८३ बैशाख १० गते

उद्दार अनलाईन

564 Posts
फागुन १ गते सार्वजनिक बिदा नहुने

फागुन १ गते सार्वजनिक बिदा नहुने

काठमाडौं- गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहने जनाएको छ। मन्त्रालयले सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो। मन्त्रालयले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाएको हो । यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो। तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो।
Read More
चितवनको सौराहामा १८औं फुड फेष्टिबल सुरु

चितवनको सौराहामा १८औं फुड फेष्टिबल सुरु

चितवन - चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् ।   साे अबसरमा उनले साैराहाकाे पर्यटन विकासमा सरकारले ध्यान नदिएकाे बताएका छन् । सांसद ढकालले साैराहाकाे पर्यटनलाई उद्योगकाे मान्यता र पर्यटन बाेर्डकाे कार्यालय स्थापनाका लागि आफूले एक बर्षदेखि प्रयास गरिरहेकाे बताए । उनले राज्य साैराहाप्रति जिम्मेवार नभएकाे बताए । कार्यक्रमान बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामाे समय देखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिस बीच अविश्वासकाे खाडल…
Read More
मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीको अनुरोध

मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौँ- नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको छ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।   कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारमात्रै पनि १७ दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन् ।   यस्तै प्रहरीले अवैधरूपमा नेपाल भित्रिएका १२ सवारीसाधन भन्सार…
Read More
पूर्वराजा र रानी आज चितवन भ्रमणमा

पूर्वराजा र रानी आज चितवन भ्रमणमा

चितवन- पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज चितवन भ्रमणमा आउने भएका छन । पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि भरतपुर आउने पूर्वराजा शाहको सचिवालयले जनाएको छ। श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा यो हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ। शाह बुद्ध एयर मार्फत दिउसो २ बजे चितवन आउनुहुनेछ ।        
Read More
पैसा अभावले उपचार नपाएर कोही मर्नुपर्दैन- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत

पैसा अभावले उपचार नपाएर कोही मर्नुपर्दैन- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत

काठमाण्डौं- पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नु नपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन्। नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले भने, “नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुहोला, म निःशुल्क उपचार गर्नेछु ।” मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको थालनी भएपछि बिरामीको चाप बढ्न थालेको बताए । उनले भने, “बाँच्न र पढ्न पाउने नागरिकका नैसर्गिक…
Read More
अर्किडमा विज्ञान प्रदर्शनी सम्पन्न

अर्किडमा विज्ञान प्रदर्शनी सम्पन्न

भरतपुर- अर्किड मावि भरतपुरद्वारा विद्यालयको १३ औ बार्षिकोत्सब विज्ञान परियोजना कार्य एक समारोह वीच प्रदर्शन गरियो। कक्षा २ देखि ९ सम्ममा अध्ययनरत विद्यार्थिहरुले विभिन्न प्रदर्शनी गरेका थिए। कार्यक्रमलाई प्रतियोगितात्मक बनाउन उत्कृष्ट प्रस्तुतिलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रम संयोजक एवम विज्ञान विषयका विभागीय प्रमुख निरज महतो हुनुहुन्थ्यो। कार्यक्रममा उल्लेख्य विद्यार्थि र अभिभावकको उपस्थिति रहेको थियो ।
Read More
विमानस्थल सुरक्षाको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई

विमानस्थल सुरक्षाको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।   प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।   विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो ।  
Read More
दोस्रो खेलमा क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

दोस्रो खेलमा क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २८५ रन बनाएको हो। क्यानडाका लागि आरोन जोनसनले ६५ र नवनीत धालिवालले ४६ रन बनाए। नेपालका कुशल मल्ल र कप्तान रोहित कुमार पौडेलले २–२ तथा सूर्य तामाङ, सोमपाल कामी, आकाश चन्द र पवन सराफले १–१ विकेट लिएका थिए।  
Read More
डीआईजी अर्जुन चन्दको हेडक्वार्टरमा सरुवा

डीआईजी अर्जुन चन्दको हेडक्वार्टरमा सरुवा

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्द प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काज सरुवा गर्ने निर्णय गरेका हुन् । उपप्रधानमन्त्री स्तरीय निर्णयअनुसार चन्द प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा भएका हुन् । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हुन्छन् ।अहिले प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् । आईजीपी बसन्त कुँवरले डीआईजी चन्दलाई ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए । चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो ।
Read More
अष्ट्रेलियासँग नेपालको व्यापार तथा लगानी सम्झौता

अष्ट्रेलियासँग नेपालको व्यापार तथा लगानी सम्झौता

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता गरेका छन् । परराष्ट्रमन्त्री साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अष्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अष्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ’,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.