आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
चार सैनिकको हेलिकप्टरबाट उद्धार

चार सैनिकको हेलिकप्टरबाट उद्धार

मङ्लबार, चैत्र २७, डोल्पा- हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भए पछि उनिहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका हुन्। घाइते हुनेमा ३८ वर्षीय जमदार केशरबहादुर मगर, ३० वर्षीया प्युठ विजय कोइराला, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको छन् । निभी आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए।
Read More
आईपीएल हिजोको दुई खेलमा मुम्बई र लखनउको जित

आईपीएल हिजोको दुई खेलमा मुम्बई र लखनउको जित

चैत २६,सोमबार, काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो पटक जितेको छ । हिजो भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । दिल्लीका लागि अक्सर…
Read More
न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक ल्याए पुग्ने

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक ल्याए पुग्ने

चैत २५, आइतबार, काठमाडौं- जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ। न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने यसअघिको प्रावधान रहँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गेर जानुपर्ने विषयमा सहमति भएको हो। आयोगले यसअघि लिएको परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो। कानुन, न्याय तथा संसदीय ममिलामन्त्री पदम गिरीले परीक्षामा अधिकतम नम्बर ल्याउने नै प्रतिस्पर्धामा…
Read More
आज कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

आज कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

२६ चैत्र, सोमबार काठमाडौं - आज चैत्र कृष्ण औँसी उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरे। तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ संस्कृतिविद्का अनुसार । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक…
Read More
पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

चैत २५, आईतबार धनकुटा – धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् । बालकहरु कसरी डुबे भन्नेबारे स्थानीयबीच विवाद भएकाले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
दुई क्षेत्रमा दुई सिटका लागि ३२ जनाको उम्मेदवारी दर्ता

दुई क्षेत्रमा दुई सिटका लागि ३२ जनाको उम्मेदवारी दर्ता

चैत २५, आईतबार काठमाडौं- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि हिजो शनिबार उम्मेदवारी मनोनयन भएको छ। प्रतिनिधि सभाको इलाम(२ र प्रदेश सभातर्फ बझाङ(१ ९क० मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको हो। निर्वाचन आयोगका अनुसार इलाम(२ मा २० जना र बझाङ-१ क मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म मनोनयनको समय तोकेको थियो। राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। वर्तमान सत्ता गठबन्धनमै रहेका तीन दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्।…
Read More
राजस्थानले बेंगलूरुलाई ६ विकेटले हरायो, आज दुई खेल हुने

राजस्थानले बेंगलूरुलाई ६ विकेटले हरायो, आज दुई खेल हुने

चैत २५, आइतबार, काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु ई छ विकेटले हराएको छ । बेंगलूरुले दिएको एक सय ८४ रनको लक्ष्य राजस्थानले चार विकेट गुमाएर हराएको हो । राजस्थानका जोस बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक बनाए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । बेंगलूरुका विराट कोहलीले एक सय १३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।   राजस्थान चार खेलमा चार जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा एकमात्र जित निकालेको बेंगलूरु…
Read More
क्रिकेटर लामिछानेको मुद्दामा दुवै पक्षहरुलाई बोलाउन आदेश

क्रिकेटर लामिछानेको मुद्दामा दुवै पक्षहरुलाई बोलाउन आदेश

चैत २४, शनिबार काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाइनु आदेश दिएका छन् ।   न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेको हो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका हुन् ।   यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।    
Read More
विद्यार्थीलाई शैक्षिक सामग्री किन्न बाध्य पार्ने विद्यालयलाई महानगरको चेतावनी

विद्यार्थीलाई शैक्षिक सामग्री किन्न बाध्य पार्ने विद्यालयलाई महानगरको चेतावनी

चैत २४,शनिबार, काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका विद्यालयलाई शैक्षिक सामाग्री किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ। कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो। आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गर्नुभएको परिपत्रमा उल्लेख छ। पत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ।’ महानगरले भनेबाहेकका…
Read More
चितवनको रत्ननगरका मेयर सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा

चितवनको रत्ननगरका मेयर सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा

चैत्र,२३ शुक्रबार चितवन- चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले सरकारी गाडी नचढ्ने घोषण गरेका छन् । रत्ननगर वडा नं ६ स्थित बछौली माविमा आयोजित नगरपालिकाको चालू आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उनले सरकारले व्यवस्था गरेको सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन । स्थानीय सरकार सञ्चालन ऐनले नगरप्रमुखको सहजताको लागि सवारी साधन व्यवस्था गरेको छ । खर्च मितव्यीयता गर्दै आएका मेयर सापकोटाले अब सरकारी गाडी समेत नचढ्ने घोषणा गरेका हुन् । निर्वाचित भएको दुई बर्ष सम्म सरकारी गाडी कम प्रयोग गरेका उनले सार्वजनिक सुनुवाईमा नगरवासीलाई साक्षी राखेर सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन् । दुई बर्ष सम्म सरकारी गाडी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.