आज मितिः २०८३ बैशाख ९ गते

चितवनको रत्ननगरका मेयर सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा

चैत्र,२३ शुक्रबार
चितवन-
चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले सरकारी गाडी नचढ्ने घोषण गरेका छन् । रत्ननगर वडा नं ६ स्थित बछौली माविमा आयोजित नगरपालिकाको चालू आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उनले सरकारले व्यवस्था गरेको सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन ।

स्थानीय सरकार सञ्चालन ऐनले नगरप्रमुखको सहजताको लागि सवारी साधन व्यवस्था गरेको छ । खर्च मितव्यीयता गर्दै आएका मेयर सापकोटाले अब सरकारी गाडी समेत नचढ्ने घोषणा गरेका हुन् । निर्वाचित भएको दुई बर्ष सम्म सरकारी गाडी कम प्रयोग गरेका उनले सार्वजनिक सुनुवाईमा नगरवासीलाई साक्षी राखेर सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन् ।
दुई बर्ष सम्म सरकारी गाडी कम प्रयोग गरेको बताउँदै उनले भने अब तीन बर्ष कार्यकाल बाँकी छ, आजै देखि सरकार गाडी प्रयोग गर्दिन । जनताले तिरेको कर विकास निर्माणमा खर्च गर्न आफु प्रतिबद्ध रहेको भन्दै मेयर सापकोटाले सेवा उपभोगलाई भन्दा नगरको विकास र नगरबासीको हितका लागि प्रतिबद्ध रहेको बताए ।

विपन्न समुदायको शिक्षा र स्वास्थ्यको लागि सधै प्रयासरत रहने मेयर सापकोटाले नगर तथा व्यक्तिगत लगानीमा विपन्न र असहायलाई आवास निर्माण गर्ने गरेका छन् । आर्थिक अभावका कारण उपचार नपाएका र शिक्षाबाट बन्चित विपन्न तथा अपाङ्गता भएका नगरवासीलाई व्यक्तिगत लगानीमा उपचार र शिक्षा प्रदान गर्दै आएका छन् ।

विकाश निर्माणको काममा अग्रसर रहेको स्थानीयहरुले मेयर सापकोटालाई बताउँदै आएका छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.