आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
लखनउले चेन्नईलाई ८ विकेटले हरायो

लखनउले चेन्नईलाई ८ विकेटले हरायो

काठमाण्डौ –   इन्डियन प्रिमियर लिग क्रिकेटमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङग्सलाई ८ विकेटले हराएको छ । गएराति लखनउमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका रविन्द्रले अविजित ५७ रन बनाए । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । डि कक र केएल राहुलले पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरे । राहुलले ८२ रन तथा डि ककले ५४ रन जोडे । जितसँगै लखनउको ७ खेलमा ८…
Read More
चार लाख धरौटी नबुझाई जेल गए दीपेश पुन

चार लाख धरौटी नबुझाई जेल गए दीपेश पुन

काठमाडौं- सुप्रिम सहकारी ठगि प्रकरणमा परेका दीपेश पुन चार लाख रुपैयाँ जम्मा गर्न नसकेपछि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले शुक्रबार पुनलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारीले जानकारी दिएका छन्। धरौटी जम्मा गरेपछि उनी रिहा हुने बताइएको छ। सुप्रिम सहकारी ठगि प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए।
Read More
सुप्रिम बचत तथा ऋण सहकारीका जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद जारी

सुप्रिम बचत तथा ऋण सहकारीका जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद जारी

काठमाडौं- बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा संलग्न फरार प्रतिवादीहरूलाई जिल्ला अदालत रुपन्देहीले ३५ दिने म्याद जारी गरेको छ। सहकारीका संस्थापक जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो। शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा। दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।  
Read More
श्रम मन्त्रालयका विवादास्पद निर्णयहरू खारेज

श्रम मन्त्रालयका विवादास्पद निर्णयहरू खारेज

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निवर्तमान श्रम मन्त्रीले गरेको विवादास्पद निर्णयहरू खारेज गरेको छ । श्रम मन्त्री डीपी अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीले गरेको विभिन्न विवादास्पद निर्णयहरू खारेज गरेका हुन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ‘पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६’ को पहिलो संशोधन खारेज गरेको छ । २०८० असोज ७ गते निवर्तमान मन्त्री भण्डारीले कार्यविधिमा पहिलो संशोधन गरेका थिए । कार्यविधि संशोधन गर्दै अभिमुखी तालिम प्रदायक संस्थाहरूलाई भौतिक पूर्वाधार थप्नुपर्ने व्यवस्था गरेको थियो । सोही आधारमा व्यवसायीहरूले पूर्वाधार थप गरेका थिए । कार्यविधि संशोधन गर्दै मन्त्री भण्डारीले तालिम शुल्क ७०० रुपैयाँबाट बढाएर २८०० पुर्याएका थिए…
Read More
आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली…
Read More
एसीसी सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

एसीसी सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

काठमाडौँ - ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी यूएईको सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ । त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ ।   नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको…
Read More
पोर्चुगलको समुद्रमा एक नेपाली युवाको शव

पोर्चुगलको समुद्रमा एक नेपाली युवाको शव

काठमाण्डौ – पोर्चुगलको समुद्रमा दुई हप्तादेखि बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोको फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवम् नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए । गएको अप्रिल ६ तारिखमा सामुद्रिक खाना खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धनबहादुर तामाङको डुबेर ज्यान गएको थियो ।
Read More
मुम्बईले पञ्जाबलाई ९ रनले हरायो

मुम्बईले पञ्जाबलाई ९ रनले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय ८३ रनमा अलआउट भयो । पञ्जाबले १४ रन जोड्दा पहिलो क्रमका ४ खेलाडी गुमाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । सूर्य कुमारले ७८ रन तथा रोहित शर्माले ३६ रन बनाए । ७ खेलमा मुम्बईको यो तेस्रो…
Read More
सांसद खड्काले हडपेको स्काउटको जग्गा सिल

सांसद खड्काले हडपेको स्काउटको जग्गा सिल

काठमाडौं- सांसद दीपक खड्काले हडपिएको जग्गा बिहीवार काठमाडौँ प्रशासनले सिल गरेको छ।   गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए।   नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई भाडामा दिएको बताइएको छ।
Read More
यूएईमा आएको बाढीमा एक नेपालीको मृत्यु

यूएईमा आएको बाढीमा एक नेपालीको मृत्यु

काठमाण्डौं- यूएईमा आएको बाढीमा परेर एक नेपालीको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार चितवन भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।   यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.