आज मितिः २०८३ बैशाख ९ गते

सुप्रिम बचत तथा ऋण सहकारीका जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद जारी

काठमाडौं-

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा संलग्न फरार प्रतिवादीहरूलाई जिल्ला अदालत रुपन्देहीले ३५ दिने म्याद जारी गरेको छ।

सहकारीका संस्थापक जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो। शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा। दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.