आज मितिः २०८३ बैशाख ८ गते

उद्दार अनलाईन

564 Posts
सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेश

सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेश

काठमाडौं - सर्वोच्च अदालतले तीन वर्षअघि शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि दिएको परमादेशकै शैलीमा समय तोकेर गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न भनेको हो । धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै अदालतले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो ।      
Read More
आज गणतन्त्र दिवस, काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइदै

आज गणतन्त्र दिवस, काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं आज १७औं गणतन्त्र दिवस हो । आज नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवसको रुपमा मनाइँदैछ।   संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ। काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्। दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन्।…
Read More
चितवनमा ४ वटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते

चितवनमा ४ वटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते

चितवन -   चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।…
Read More
८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

काठमाडौं- कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो। फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०।३ ओभरमै पूरा गर्‍यो। उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे। ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १र१ विकेट लिए। कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा…
Read More
गर्मी छल्न जलबिरे झरनामा पर्यटक

गर्मी छल्न जलबिरे झरनामा पर्यटक

भरतपुर- चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका(६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन्। यतिबेला तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेको छ। चितवनको तापक्रम पनि शनिबार ३९ डिग्रीसम्म पुग्यो। गर्मीले आत्तिएका तराईका मानिसलाई केही समय भए पनि गर्मी छल्ने माध्यम बनेको छ चितवनको जलबिरे झरना। युवयुवती झरनामा रमाउन, तस्बिर तथा भिडियो लिँदै मनोरञ्जन लिन यहाँ पुग्ने गरेका स्थानीय बताउँछन्। भीर, पहरा र छहराको संयोग, प्राकृतिकरुपले भरिपूर्ण जलबिरे झरना यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य…
Read More
तराईमा अझै तीन दिनसम्म तातो हावा

तराईमा अझै तीन दिनसम्म तातो हावा

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ । महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको…
Read More
इच्छाकामना गाउंपालिकामा आदर्श नारीको दोस्रो शाखा

इच्छाकामना गाउंपालिकामा आदर्श नारीको दोस्रो शाखा

सरिता पौडेल / चितवन महिला बालबालबालिका र मानवअधिकारको रक्षार्थ क्रियाशिल संस्था आदर्श नारी विकास केन्द्रले इच्छाकामना गाउंपालिकामा शाखा विस्तार गरेको छ । संस्थाको ३३ औं स्थापना दिवसको अवसर पारेर आज इच्छाकामना ४ सर्वशान्ती माविमा गरिएको विशेष भेला मार्फत इच्छाकामनामा शाखा विस्तार गरिएको हो । इच्छाकामना गाउंपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीको रोहवरमा भएको भेलाले सावित्री गुरुङको संयोजकत्वमा १५ सदस्ययीय समिती गठन गरेको छ । समितीको सहसंयोजकमा दुर्गा पुरी , सचिव निर्मला श्रेष्ठ , सहसचिव दिपा चेपागं र कोषाध्यक्षमा मन्जु राना चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सरिता गुरुगं,शर्मिला सिलवाल, शुशिला श्रेष्ठ, विमला श्रेष्ठ, मिश्रीमाया परियार, महेश्वरी मैनाली,…
Read More
हैदरावाद र कोलकाता आईपिएलको फाइनलमा

हैदरावाद र कोलकाता आईपिएलको फाइनलमा

काठमाडौ‌- सनराइजर्स हैदरावाद इन्डियन र कोलकाता नाइट राइडर्स प्रिमियर लिग ९आइपिएल०को फाइनलमा पुगेका छन् । गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो। हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि ध्रुव जुरेलले अर्धशतक हाने। उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए। एमए चिदम्बरम स्टेडियम चेन्नईमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। त्यस क्रमममा हेनरिच क्लासेनले ३४ बलमा ४ छक्का प्रहार गरी सर्वाधिक ५० रन बनाए। पराजित भएको राजस्थान आइपिएलबाट बाहिरिएको…
Read More
देशभर फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

देशभर फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

काठमाडौं- देशभर डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ। उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे। ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न…
Read More
चितवन समाज ईजरायलले विद्यार्थीहरुलाई दियो छात्रबृत्ति

चितवन समाज ईजरायलले विद्यार्थीहरुलाई दियो छात्रबृत्ति

चितवन- चितवन समाज ईजरायलले भरतपुरको देवज्योति आधारभुत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा शुक्रबार विद्यालयमा उनिहरुलाई ६४ हजार २०० प्रदान गरिएको हो । छात्रबृत्ति हस्तानतरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाले प्रवासमा बसेर पनि आप्mनो देशका दुरदराजमा रहेका बिद्यालय र त्यहाँ अध्ययनरत गरिव विद्यार्थिहरुको भविष्यको लागि आर्थिक सहयोग गर्नु भएको र अझ आप्mनो विद्यालयलाई संझनु भएकोमा चितवन समाज ईजरायललाई विशेष धन्यवाद दिनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद न्यौपानेले यस विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको उज्वल भविष्यको लागि सहयोग गर्न भएकोमा यसले ठूलो टेवा पुगेको बताउनु भयो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.