आज मितिः २०८३ बैशाख ८ गते

उद्दार अनलाईन

564 Posts
चितवनमा सफारी जिप दुर्घटना – ६ पर्यटक घाइते

चितवनमा सफारी जिप दुर्घटना – ६ पर्यटक घाइते

चितवन- पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन्। घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे बिजय मोरे, ५८ वर्षे बैशाली गुप्तेश्वर, ६२ वर्षे पङ्कज गुप्तेश्वर छन्। घाइतेहरुको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक चितवन रत्ननगर नगरपालिका–४ का ४५ वर्षे…
Read More
अछाममा साहित्य उत्सव तथा कृषि मेला

अछाममा साहित्य उत्सव तथा कृषि मेला

अछाम-   अछाममा साहित्य उत्सव तथा कृषि मेला आयोजना गरिएको छ। कृषि र पर्यटन प्रवर्द्धनका लागि आकर्षक पर्यटकीयस्थल र टुर प्याकेजले मात्र हैन साहित्य उत्सवले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने प्रमाणित गरिदिएको छ, अछामको ढकारी गाउँपालिकाले। कला, संस्कृति, परम्परा, रीतिरिवाज र साहित्यको मात्र होइन, रैथाने अन्न बालीको समेत उर्वर भूमिका रूपमा परिचित ढकारीले कृषि र पर्यटनको प्रचारप्रसारका लागि साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनीको आयोजना गरेर देशभरका साहित्यकारहरूलाई समृद्धिका रचनावाचन गराएको छ। सधैँ मायाप्रेम, देशप्रेम, राजनीति र समाजका विविध पक्षमा रचना गर्ने कवि, गजलकार र अन्य विधाका साहित्यकारहरूले दुर्गममा पुगेर कृषि र पर्यटनबारे रचना सुनाएपछि अहिले ढकारीको देशमै बेग्लै…
Read More
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ अध्यक्ष नेपाल

महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा महाधिवेशन तयारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले विगतमा आन्तरिक तथा मुलुकको राजनीतिक तरलताका कारण दुई पटकसम्म सारिएको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकाले अब तोकिएकै समयमा महाधिवेशन हुने प्रष्ट पार्नुभयो । निर्धारित समयमै महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्ररूपमा कार्यसम्पादन गरिरहेका र दस्तावेज लेखनकार्य सकिएकाले अब राजनीतिक अन्तर्विरोधको सन्दर्भमा थप छलफल गरिने उल्लेख उहाँले गर्नुभयो । राष्ट्रियतामाथि सङ्कट गहिरिँदै गइरहेकाले देशका लोकतान्त्रिक र समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उहाँको जोड थियो । पार्टीका सम्मानित…
Read More
हावाहुरीले चितवनमा केरा, तरकारी, लिचि, मकै लगायत कृषिमा क्षति

हावाहुरीले चितवनमा केरा, तरकारी, लिचि, मकै लगायत कृषिमा क्षति

चितवन- लगातारको हावाहुरीले चितवन जिल्लामा लगाइएको केरा, तरकारी, लिचि, मकै लगायत विक्रि गर्न तयार गरिएका फलफूलमा ठूलो क्षति भएको छ । केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा मात्र क्षति पुगेको केरा व्यवसायि संघले जनाएको छ ।   हावाहुरीले पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको छ। पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको हो ।पसाएर फल लाग्ने समयका केरा, मकै,राताम्मै भएका लिचि, करेला,घिरौला लगायतका तरकारी पनि हावाहुरीका कारण क्षति पुगेको छ ।     केराको बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि अन्य…
Read More
नेपालमा जेठ अन्तिमदेखि मनसुन भित्रिँदै

नेपालमा जेठ अन्तिमदेखि मनसुन भित्रिँदै

  काठमाडौं- यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्दैछ । मौसम पूर्वानुमान महाशाखाले हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ। नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताए। हाल मुलुकका विभिन्न भू–भागमा भईरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उनले जानकारी दिए। नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म…
Read More
भारतमा गर्मी र तातो लहरले ३ सय जनाभन्दा बढीको मृत्यु

भारतमा गर्मी र तातो लहरले ३ सय जनाभन्दा बढीको मृत्यु

काठमाण्डौं- तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो। बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ।…
Read More
मालपोत र नापी कार्यालयमा तालाबन्दी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मालपोत र नापी कार्यालयमा तालाबन्दी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दाङ- दाङको घोराहीमा रहेको स्वर्गद्वारी गुठी पीडित किसानहरूले मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्। आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दीमा उत्रिएका हुन्। सरकारले पटकपटक आफूहरूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेकाकारण दबाबस्वरूप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिको भनाइ छ। तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरूले घेरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि केही आन्दोलनकारी घाइतेसमेत भएका छन्।  
Read More
नवलपरासीमा छिपछिपे सहकारीको १६ करोड ५८ लाख हिनामिना

नवलपरासीमा छिपछिपे सहकारीको १६ करोड ५८ लाख हिनामिना

नवलपरासी — नवलपरासी पूर्वमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख रुपैयाँभन्दा बढी बचत रकम हिनामिना भएको छ । हिनामिना गरेको अभियोगमा ३५ जनालाई विपक्षी बनाएर शुक्रबार सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले सहकारीको रकम हिनामिना गरेकी राप्रपा सांसद गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने जानकारी दिए ।   रकम हिनामिनामा संलग्न भएका ३५ जनामध्ये १० जना प्रहरी हिरासतमा रहेका छन् भने सांसद गीता…
Read More
यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ, तीन जनाको उद्धार

यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ, तीन जनाको उद्धार

चितवन- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ परेका छन् । त्यस्तै दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो ।   उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ ।   नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको रिजालले बताए ।…
Read More
आजदेखि शुरु हुँदै सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

आजदेखि शुरु हुँदै सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

काठमाण्डौ – सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना शुरु हुँदैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । हरेक प्रदेशमा दुईरदुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजदेखि शुरु भएर जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने मन्त्रालयले जनाएको छ ।   कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.