आज मितिः २०८३ बैशाख ८ गते

भारतमा गर्मी र तातो लहरले ३ सय जनाभन्दा बढीको मृत्यु

काठमाण्डौं-

तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो।

बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्।

मौसम विभागका अनुसार शुक्रबार भारतमा सबैभन्दा बढी ४८।२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। जुन कानपुरमा रेकर्ड गरिएको हो। यसैगरी दोस्रो गर्मी हुने स्थानमा हरियाणाको सिरसा छ। जहाँ ४७।८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। राजधानी नयाँ दिल्लीमा भने ४७ डिग्री सेल्सियस मापन भएको थियो। राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिसा, महाराष्ट्र, मध्येप्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, उत्तराखण्ड, आन्ध्र प्रदेश र हिमाचलमा शनिबार तातो लहरको सम्भावना देखिएको विभागले जनाएको थियो।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.