चितवन-
लगातारको हावाहुरीले चितवन जिल्लामा लगाइएको केरा, तरकारी, लिचि, मकै लगायत विक्रि गर्न तयार गरिएका फलफूलमा ठूलो क्षति भएको छ । केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा मात्र क्षति पुगेको केरा व्यवसायि संघले जनाएको छ ।
हावाहुरीले पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको छ। पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको हो ।पसाएर फल लाग्ने समयका केरा, मकै,राताम्मै भएका लिचि, करेला,घिरौला लगायतका तरकारी पनि हावाहुरीका कारण क्षति पुगेको छ ।
केराको बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि अन्य फलफूल र तरकारीको बिमा नगरेका किसानको पूर्ण क्षति हुने भएको छ ।
कालिका नगरपालिकामा धेरै जसो लिचिमा क्षति भएको छ भने रत्ननगर र खैरहनीमा मकै, केरा र तरकारीमा क्षती पुगेको छ ।