काठमाण्डौ –
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार पराजित भएको छ । आयोजक टोली पाकिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भयो ।
पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हराएको हो । पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल ३–० को सोझो सेटमा नै जितेको थियो । नेपाल भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो ।
अब नेपालले बङ्गलादेश र उज्वेकिस्तानसँग खेल्नेछ । शीर्ष–४ मा रहँदै सेमिफाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जीत निकाल्नुपर्नेछ ।