आज मितिः २०८३ बैशाख ६ गते

प्रहरीले खोस्यो मेयर हर्क साम्पाङको गाग्री

काठमाडौँ –

 

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री काठमाडौँमा प्रहरीले खोसेको छ ।

 

धरानवासीको खानेपानीको समस्या समाधान गर्न माग गर्दै उनी प्रतीकात्मक विरोधस्वरुप गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार गाग्री बोकेरै सिंहबार पस्न लाग्दा उनको गाग्री प्रहरीले खोसेको हो ।

 

साम्पाङ खानेपानी मन्त्रीलाई भेट्नका लागि सिंहदरबार पुगेका छन् । मंगलवार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले खोसेर मात्र भित्र पठाएको हो ।

सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ । मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै आएको भए पनि संघ सरकारले उनको माग सम्बोधन गर्न सकेको छैन ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.