अस्ट्रेलिया-
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी सरकारले हालै ल्याएको अध्यादेश पारित नहुने दाबी गरेका छन्।
मञ्चले अस्ट्रेलियाको सिड्नीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले अध्यादेश गलत तरिकाले आएको हुनाले पास नहुने बताएका हुन्।
उनले आफू सदस्य रहेको राज्य व्यवस्था समितिमा पनि अध्यादेश प्रस्तुत हुने भएकोले त्यसमा खुलेर विरोध गर्ने समेत स्पस्ट पारे।
म पनि सहभागी भएर बनाइएको गैर आवासीय नेपाली सम्वन्धी कानुनमा राजनीति बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने स्पष्ट उल्लेख भए पनि गलत बाटोबाट आएको यो अध्यादेश पारित हुने कुरै हुन्न,ु उनले भने,ु तपाईँहरु ढुक्क हुनु सत्ता साझेदार दलसमेत सहमति नभएको विधेयक पारित हुन्न।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पाण्डेले विदेशमा रहने नेपालीलाई दलमा विभक्त भएर नबस्न आग्रह पनि गरे।