आज मितिः २०८३ बैशाख ५ गते

चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप(२०८१ हुने

 

चितवन-

 

चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले आगामी माघ १२ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगिता नेपाल जुनियर प्रहरी शिक्षालयको खेलमैदान भरतपुरमा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विभागीय टोली सहित ८ टिमको सहभागिता रहने चितवन ११ फुटबल क्लब भरतपुर–१३का अध्यक्ष शुशिल कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सरस्वती युवा क्लब, आबुखैरहनी गाउँपालिका, गैडाकोट फुटबल क्लब, बागमती युवा क्लब सर्लाही, सुर्यपुर युवा क्लब कालिका, र प्याराडाईज युवा क्लब चितवनको सहभागिता रहने छन् ।

प्रतियोगिताको प्रवद्र्धन राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, बागमती खेलकुद परिषद्, चितवन जिल्ला खेलकुद महासंघ, चितवन जिल्ला फुटबल संघ र भरतपुर खेलकुद विकास समितिले गरेका छन् । प्रतियोगिता फिफाको नियम अनुसार अध्यक्ष कार्कीले जानकारी दिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.