आफ्नो जीवनका चुनौतीहरू र संघर्षहरूलाई स्वीकार गर्दै विजयी हुने कथाको एक प्रतिनिधि पात्र हुन् अन्जु लक्स । पुरुष भएर जन्मनु र महिलाको जस्तो काम गर्नुलाई समाजले भन्दा पनि आफ्नै परिवारबाट अपहेलित हुदाको पिडाले सताएको पल सम्झनुहुन्छ अन्जु ।
१० सम्म अध्ययन गर्नलाई पनि निकै आत्मसम्मानमा चोट पुग्दा के गरु कसो गरु भनेर उकुसमुकुसमा परेको अनुभूति बताउनु हुन्छ वहा ।
समाज र साथिभाइहरुबाट माया पाए पनि घरपरिवारबाट नमिठो शब्दले गर्दा अझै पनि मन चसक्क भएर आउने वहाले बताउनु भयो । अध्ययनमा अब्बल भए पनि आफुलाई कतै जाउ जस्तै भएको र सबै भन्दा बढी माया दिने आफ्नी आमाले सहयोग गर्नु भयो । उमेर कम भएपनि अध्ययन गर्दागर्दै कतार जानु भयो अन्जु आमाको सहयोगमा । कतार गए लगत्तै सरसफाई र भाडा माझ्नादेखी वेटरसम्मको काम गरेर छ बर्ष पछी नेपाल फर्कनु भयो ।

नेपालमा कुनै व्यवसाय गर्न पनि धारासायी हुने राजनीति अस्थिरताले बेरोजगारको कारण फेरी दुबई हानिनु भयो अन्जु । १३ बर्ष भएको छ दुबईमा पनि । सुरुमा आएर ४५० दिराम बेसिक सेलरीबाट क्लिनरमा काम सुरु गर्नु भयो । यहि क्रमले काम गर्दै जादा आफ्नो सिप सिलाई बुनाई गर्ने इच्छा जाग्यो वहालाई । समयको गतिसंगै वहाले आफ्नै सिपको कम्पनि संचालनमा ल्याउनु भयो र काम सुरु गर्नु भयो ।
फरक पहिचान बोकेकाहरुलाई छक्का , हिजडा , तेस्रोलिंगी भन्नु भन्दा पनि मिठो दुइ शब्दमा बोलिदिनु भए उहाहरुलाई आनन्द आउथ्यो एउटा सकारात्मक उर्जा थपिन्थ्यो त्यसैले कसैले पनि उहाहरुलाई नकारात्मक नसोचौ ।

माया, समानता, र स्वतन्त्रताको महत्व बुझ्नु भएको अन्जुले अहिले दुबइको मुटु बर दुबईमा आफ्नै टेलर संचालन गर्दै आउनु भएको छ र ४ जना साथमा लिएर काम गर्दै आउनु भएको छ । सुरुको ग्राहक बन्नु भएकी बिनिता राइ वहाको विदेशको पहिलो ग्राहक, सहयोगी र प्रेरणाकि श्रोत भएको बताउनु हुन्छा अन्जु । आफ्ना आमा पछी प्रेरणाको श्रोत बिनितालाई मान्नु हुन्छा र माइजुको नाताले सम्बोधन गर्नुहुन्छ ।

आफ्नो सत्य बोल्न र गर्वका साथ बाँच्न सकिने प्रेरणा दिदै आउनु भएको अन्जु एक सफल व्यवसायीमात्र होइन सफल नृत्य पनि गर्नुहुन्छा । समाजसेवामा लाग्नु भएको अन्जुले दुबईमा समाजसेवा संगै विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति पनि दिदै आउनु भएको छ ।