आज मितिः २०८३ बैशाख ६ गते

भरतपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते

 

चितवन-

 

भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बिहीवार दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

क्यान्सर अस्पतालतर्फबाट आउदै गरेको ना ५९ प २५२२ नम्बरको मोटरसाइकल र चौबिसकोठिबाट हाकिमचोकतर्फ आउदै गरेको ना ५२ प ८७९३ नम्बरको मोटरसाइकल बिहीवार दिउँसो साढे ३ बजे आपसमा ठोक्किई दुर्घटना भएको हो ।

 

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै सवारीका चालक मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेमा ना ५९ प २५२२ नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने वर्ष ३८ को नेत्र ढुंगेल र ना ५२ प ८७९३ नम्बरको मोटरसाइकल चालक राप्ती नगरपालिका–२ बस्ने वर्ष १९ को प्रतिक बस्नेत रहेका छन् ।

दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.