आज मितिः २०८३ बैशाख ८ गते

सबैभन्दा ठूला १६ करदातालाई सम्मान

काठमाडौं-

 

सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न धेरै कर तिर्ने करदातालाई सम्मानसमेत गर्ने गरिएको छ।

यी हुन् १६ विधामा धेरै कर तिर्ने करदाता

सबैभन्दा बढी आयकर तिर्ने निकाय नेपाल दूरसञ्चार कम्पनी, एकलौटी फर्मतर्फ सुर्ति ट्रेडर्स, सूचना प्रविधितर्फ कोडावतार टेक प्रालि
निर्यात कारोबारस् डाबर नेपाल प्रालि, कृषि एवम् पशुजन्य पतञ्जली आयुर्वेद प्रालि, बैंक तथा वित्तीय संस्था नबिल बैंक लिमिटेड
स्वास्थ तथा शिक्षा लुम्बिनी मेडिकल कलेज पर्यटन तारागाउँ रिजेन्सी, वस्तु व्यापार भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदाता सिडियस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जा भोटेकोसी पावर कम्पनी, रेमिटेन्स सिटी एक्सप्रेस, व्यक्तिगत आयकर राजबहादुर शाह, भ्याट समयमा तिर्नेमध्ये होङ्सी सिमेन्ट
५० करोडभन्दा धेरै कारोबार गर्नेमध्येस् सोल्टी होटल, विशेष उद्योग वरुण वेभरेज प्रालि रहेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.