आज मितिः २०८३ बैशाख ६ गते

भ्याली स्टेट कलेजले बिएचसीएम र एमबिए कार्यक्रम सञ्चालन गर्ने

चितवन

 

पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त भ्याली स्टेट कलेजले बिबिएको अलावा बिएचसीएम र एमबिए कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।

विगत १२ वर्षदेखि बि।बि।ए कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको भ्याली स्टेट कलेजले यसै वर्षदेखि चितवनमा नै पहिलोपटक ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट को अध्यापन सुरु गर्न लागेको हो। कलेजका प्राचार्य बाबुराम खनालको अनुसार बि।एच।सी।एमअध्ययन पश्चात्विद्यार्थीहरूले अस्पतालको व्यवस्थापन,स्वास्थ्य एवं संघ-संस्थाहरूको व्यवस्थापन लगायतका जिम्मेवारी अत्यन्तैकुशलतापूर्वक गर्न सक्ने र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्नेछन्।

त्यसैगरी भ्याली स्टेट कलेजले विश्वमै प्रतिष्ठित एम।बि।ए९ःद्यब्०कार्यक्रमलाई पनि एक्काइसौँशताब्दीको मागअनुसार शैक्षिक संस्था र उद्योग व्यवसायलाई जोडेर अत्यन्तै व्यवहारिक तथा प्रयोगात्मक तरिकाले सञ्चालन गर्ने एम।बि।ए कार्यक्रम निर्देशक सुजन कार्कीले बताउनुभयो।
चितवनको भरतपुर-१०, हाकिमचोक विद्युत प्राधिकरण रोडमा अवस्थित भ्याली स्टेट कलेज प्रतिष्ठित शैक्षिक संस्था हो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.