आज मितिः २०८३ बैशाख ५ गते

घरआँगनमै सेवा दिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका

Uddar News

काठमाण्ढौं-

 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ। स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो।

जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेका फक्ताङलुङ गाउँपालिका(२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौँलागाईँले बताए।

ुमंगलबार बिहानदेखि स्वस्थ्य परीक्षण र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौँ, फक्ताङलुङ गाउँपालिका(२ खेजिनिममा दुई सयजना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन्, बिहीबारसम्ममा काम सकाउनेगरी गाउँ डुल्दैछौँु, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।

कार्यक्रम विषेशगरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको जानकारी उनले दिए।

पालिकाले ज्येष्ठ नागरिक तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्‍याउन निःशुल्क एम्बुलेन्स र औषधि उपलब्ध गराउँदै आएको छ। दीर्घरोगीलाई घरमा पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने गरिएको छ।

टोल(टोलमा स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ। कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको पालिकाले जनाएको छ। प्रत्येक तीन(तीन महिनामा नागरिकका घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण साथै परामर्श दिँदै आएको गाउँपालिकाले जनाएको छ। रासस

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.