आज मितिः २०८१ मंसिर २६ गते

बालकुमारी कन्या माविमा गुरुहरुको सम्मान गरी गुरु पुर्णिमा मनाइयो

निरु अधिकारी/चितवन

चितवन-

बालकुमारी कन्या माध्यमिक विद्यालयका भूत पूर्व विद्यार्थीहरुको संगठन (बागसान)को आयोजनामा गुरु पूर्णिमा मनाईएको छ ।

कोपिला गूरुङको अध्यक्षतामा गुरु पूर्णिमाको अवसरमा गुरुहरुको सम्मान कार्यक्रम गरिएको हो।

आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा /दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ ।

गुरु पुर्णिमाको अवसरमा विद्यालयका भूतपूर्व विद्यार्थी तथा बागसानका कार्यक्रम संयोजक गौरी गुरुङले सत्र्चालन गार्नु भएको थियो । गरेको विद्यालयका भू।पु विद्यार्थी कोपिला गुरुङ अध्यक्षतामा तथा भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज रानाभाटको प्रमुख अतिथिमा

एवंम बालकुमारी कन्या मावि व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुकेको विशिष्ट अतिथिमा सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद बाग्ले निवर्तमान प्रधानाध्यापक हेरम्ब कुमार श्रेष्ठ, भुपु प्रधानाध्यपक इन्दिरा मास्के, शिव शर्मा सुवेदी, नारायण प्रसाद पौडेल, रामलाल श्रेष्ठ, खुमानन्द पौडेल, अभिभावक संघका अध्यक्ष जीएन चौधरी बागसानका सल्लाहकार प्रदिप प्रधान, राजेन्द्र वाग्ले, सावित्री श्रेष्ठ र विष्णु बराल लगायत रहनु भएको थियो ।

कार्यक्रममा बागसान संगठनका उपाध्यक्ष उपस्थित सम्पूर्ण महानभावहरुलाइ स्वागत मन्तब्य तथा प्रमुख अतिथि, अतिथिहरुले आफ्ना मन्तब्य राख्नु भएको थियो ।

२०१८ साल देखि अहिले सम्मका र २०४९ सालदेखि पहिलो पटक कन्या माविमा पढाउने शिक्षकहरु र २०४९ सालदेखि धेरै वर्षसम्म विद्यालयलाइ दिनु भएको योगदानको कदर गर्दै सम्मान पत्र पनि हस्तान्तरण गरिएको थियो । त्यस्तै गरी ३५ जना भुपु तथा वर्तमान शिक्षक शिक्षिकाहरुलाइ सम्मानपत्र द्धारा सम्मान गरिएको थियो । विद्यालय स्थापना कालदेखि हालसम्म पनि कार्यरत कार्यालय सहयोगि गंगाराम श्रेष्ठलाई पनि सम्मान गरीएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, निवर्तमान प्रधानाध्यापक तथा सल्लाहकारहरुले आफ्ना भनाइहरु राख्नु भएको थियो ।

कार्यक्रमको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको उपस्थिति रहेको थियो । पुनद्धारा लिखित सम्झना सपना र अविरल यात्रा नामक डा. महावीर पुनको जीवनमा आधारीत लेख उपस्थित सम्पुर्णले खरिद गरी विरगञ्ज स्थित आविष्कार केन्द्रलाई अगाडि बढाउन सहयोग गरीयो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.