आज मितिः २०८३ बैशाख ६ गते

गायक राजेश पायल राईलाई एयरलाइन्सले फर्कायो

काठमाडौं–

अत्यधिक मदिरा सेवन गरी मातेको पाएपछि गायक राजेश पायल राईलाई एयरलाइन्सले फर्काएको छ।

गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए।
दुबईको कार्यक्रमका लागि विहीबार बिहान विमानस्थल पुगेका थिए उनी ।

तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगायो।

प्रहरीले उनलाई ट्याक्सीमा घर पठाएको छ। मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ।

यसअघि मदिरा सेवन गरी राती होहल्ला गरेको अभियोगमा उनी एक रात वानेश्वर वृत्तमा थुनामा परेका थिए।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.