आज मितिः २०८३ बैशाख ६ गते

माइक्रो बस र ट्रक ठोक्किदा आधादर्जन यात्रु घाइते

चितवन –

चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै १ नम्बर पुलमा माइक्रो बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । मङलबार करिब ५ बजेतिर उक्त दुर्घटना भएको हो ।
काठमाडौंबाट प्रगतिनगर नवलपुर जाँदै गरेको प्रदेश ०३(१(००५ ख ९४९५ नम्बरको माइक्रो र नवलपुर बाट सिमेन्ट लिएर काठमाडौ आउदै गरेको ना८ ख ५६५५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि माइक्रो चालक सहित माइक्रोमा सवार आधा दर्जन यात्रु घाइते भएको छ । घाइतेहरुको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ भने दुर्घटनाका कारण सडक एकतर्फी भएको छ । साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.