चितवन-
चितवनको रत्ननगर १३ का कृष्ण रेग्मिले संचालन गर्नुभएको खैरहनी नगरपालिकाको केरा खेतीमा अज्ञात व्यक्तिले केरा काटेर नोक्शानी पु¥याएका छन् ।
जेठ १ गते राति अज्ञात समुहले करिब ५०० केराको बोट काटेर नोक्सानी गरेको केरा व्यवसायि रेग्मीले उद्धार न्यूजलाई जानकारी दिनु भयो ।
बैदेशीक रोजागारबाट फर्केर आफ्नै भुमिमा केहि गरौ भन्ने उद्धेश्यले खैरहनी नगरपालिका ३ मा मात्र ८ विगाह जग्गामा वहाँले खेती गर्नु भएको हो । वहाँका अनुसार केरा त्यसरी काट्नुमा स्थानीयवासीहरु नभई रातको समयमा मदिरा सेवन गरि हिड्नेहरुले काटेको बुझीन आएको छ । केरा फर्म नजिकै सैनिक विद्यालय पनि भएको र स्थानीयहरुले त्यस्तो काम गर्न नसक्ने रेग्मीले बताउनु भयो ।
वहाँले सम्बन्धित सबै निकायमा उजुरी दिईएको र दोषिहरुलाई छिटो पत्ता लगाई कार्बाहीको दायरामा ल्याउन आग्रह गर्नु भएको छ ।
त्यस्तै चितवन केरा उत्पादक संघले प्रेस विज्ञप्ति जारी गर्दे गंभीर ध्यानाकर्षण भएको र घट्ना प्रति घोर भर्त्सना भएको जनाएको छ । विज्ञप्तिमा पहिले पनि यस्ता घट्ना घटेको र कडा कार्बाही नहुनुले पटक पटक यस्ता घट्ना दोहोरिएको उल्लेख गरिएको छ ।
नेपालमा नै व्यवसायिक केरा खेती गरि रोजगारीको सिर्जना गर्दै कहि गरौं भन्ने किसानहरुलाई यस्ता अपराधिक गतिविधिले मनोबल गिर्दै गएकोले छिटो भन्दा छिटो दोषि पत्ता लगाई कार्बाहिको दायरामा ल्याउन जिल्ला र नेपाल सरकारको समेत ध्यानाकर्षण गराएको विज्ञप्तिमा जनाईएको छ ।