काठमाडौं-
आज आइतबार देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। शनिबार लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशलगायत स्थानमा वर्षा भएको थियो।
हिजोको तुलनामा आज आइतबार वर्षाको सम्भावना बढी छ। आइतबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।