आज मितिः २०८३ बैशाख ९ गते

महाकाली टापुमा १२ घण्टादेखि फसेका मजदुरको उद्धारको पहल

Uddar News

कैलाली-

हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका मजदुरहरु फसेका छन् ।

उनिहर कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्टर;lxt थुनिएका हुन् ।

नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्र्याक्रसहित करिब २८–३० जना मजदुर थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीको बीच टापुमा करिब अढाइ÷तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।

सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको उनले बताए । फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.