काठमाण्डौ –
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको छ । गएराति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको हो ।
लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो ।
हैदराबादका लागि ट्राभिस हेडले अविजित ८९ रन बनाए । अभिषेक शर्माले पनि अविजित रहदै ७५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । उसका आयुष बडोनीले सर्वाधिक ५५ रन बनाए । हैदरावाद १२ खेलबाट १४ अङ्क जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा १२ अङ्कका साथ लखनउ छैटौँ स्थानमा छ ।
आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।