आज मितिः २०८३ बैशाख १० गते

सोलुखुम्बुमा एक महिलाको शव फेला

काठमाण्डौं-

निर्वस्त्र अवस्थामा सोलुखुम्बुमा एक महिलाको शव फेला परेको छ। खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो।

“मंगलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.